एमसीसी खारेजीको माग गर्दै एकिकृत समाजवादीको रामेछापमा पर्दशन् (भिडिओ/फोटो)

| फागुन १, २०७८ आइतबार

A A A
A A A

१ फागुन, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी एकिकृत समाजवादी पार्टी (एस) रामेछापले अमेरिकी सहयोग परियोजना (एमसीसी) बिरुद्ध प्रर्दशन गरेको छ । उसले सो परियोजना खारेजीको माग गरेको छ । 

 

आइतबार आज सदरमुकाम मन्थलीस्थित् पार्टी कार्यालयदेखि निस्किएको र्यालीसहितको बिरोध पर्दशन देवकोटा चोकमा पुगेर कोण सभामा परिणत् भएको थियो ।

 

उनीहरुले ‘एमसीसी चाहदैन, देशबेच्न पाईदै, बिरशहिद अमर रहुन, एमसीसी खारेज गर, अमेरिकी हस्ताक्षप बन्द गर, एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, अमेरिकी सामराज्य मूर्दाबाद्’ भन्दै चर्को नारा लगाएका थिए । 

 

एकिकृत समाजवादी जनसंगठनको आयोजनामा आजक एसले देशब्यापी रुपमा परियोजना बिरुद्ध बिरोध गर्ने कार्यक्रम अन्तर्गत आन्दोलन् गरेको कोणमा जिल्ला अध्यक्ष रमेशकुमार बस्नेतले बताए । उनले एमसीसी परियोजना घातक हुने मुख्य कारणहरु संझौताको धारा, उपधार अनुसार ब्यख्या गरेका थिए । 
 

तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स