डिएसपी ढुङ्गानाको सरुवाः राजकुमार थिङ आउने

| फागुन २, २०७८ सोमबार

नवराज ढुङ्गाना, फाइल फोटो ।
A A A
A A A

२ फागुन, रामेछाप । प्रहरी प्रधान कार्यालयले रामेछापका प्रहरी प्रमुख नवराज ढुङ्गानासहित १० जना प्रहरीको सरुवा गरेको छ । आइतबार जिल्ला प्रहरी रामेछापमा करिव १३ महिना अगाडि हाजिर भएर आएका ढुङ्गानाको सरुवा भएको हो । उनलाई प्रदेश नंम्बर १ को (डिआइजी) कार्यालयमा तानिएको हो । 'उनको घर पनि प्रदेश १ मै  हो । चुवान लक्षित् सरुवा भएको हो स्रोत भन्छ । 


ढुङ्गानाको सरुवा भएसंगै अब जिल्ला प्रहरी कार्यालय रामेछापमा भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगमा कार्यरत राजकुमार थिङ आउने भएका छन् । स्थानीय निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राखेर डिएसपीको सरुवा भएको हो  ।

 

करिब १३ महिना जिल्ला बसेका ढुङ्गानाले जिल्लाको शान्ति सुरक्षाको लागि निकै राम्रो भूमिका निर्वाह गरे । उनले जिल्लामा प्रहरी प्रशासनसहित दुर्गम गुम्देलमा अस्थाई प्रहरी पोष्ट समेत निर्माण गरेर नागरिकको विश्वास् जितेका थिए । 

 

उनी रामेछापमा हुदा जिल्लामा राम्रो काम गरेको भन्दै प्रदेश प्रहरीमा सम्मानित् समेत भएका थिए । साथै उनले मिडियासंग पनिकै राम्रो सहजिकरण गरेका थिए ।