कठजोरमा ११ वर्षीय वालिकालाई फकाएर जंगलमा लगि करणी गर्ने नेपाली पक्राउ

| फागुन २, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२ फागुन, रामेछाप । रामेछापको मन्थलीमा ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरि फरार रहेका एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं ३ कठजोर बस्ने ४२ वर्षीय रामकुमार नेपाली छन् । 

 

उनले ती बालिकालाई ‘तिम्रो बुवा आउने ठेगान छैन, बज्यै कान सुन्नु हुन्न एक्लै बस्न हुन्न भनी फकाई फुल्याई हात समातेर उनको आफ्नो घर तर्फ लाने क्रममा सिधाबाटो नलगी वनको घुमाउरो बाटोबाट लगि, खोल्सामा पुगेपछि यौनिक मनसायले अपशब्द प्रयोग गरेको अनुसन्धानबाट खुल्यो जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले भने । 

 


८५ वर्षिय वृद्ध, सुस्त मनस्थितीकी हजुरआमाको साथमा रहेको बेला फकाएर साँझ ६ ः ३० बजेको समयमा लगेको बताइएको छ । 

 

‘शरिरमा सुमसुम्याई बाल यौन दुरुपयोग गरी वारदात पश्चात भागी फरार रहेका नेपालीलाई गत माघ २९ गते कठजोरबाटै पक्राउ गरिएको हो सूचना अधिकारी श्रेष्ठले भने ।

 

पक्राउ परेका नेपालीलाई जिल्ला अदालत रामेछापबाट ७ (सात) दिनको म्याद गरेर ‘बालयौन दुरुपयोग’ मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।