जाँदाजाँदै डिएसपी ढुङ्गानाले भने ‘नागरिकको सहयोग पाए अपराध न्युनिकरण गर्न सकिन्छ’

| फागुन २, २०७८ सोमबार

A A A
A A A

२ फागुन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुङ्गानाले नागरिकको सहयोग प्राप्त भए अपराध न्युनिकरण गर्न सकिने बताएका छन् । जबरजस्ती करणी सम्बन्धि घटनाको उजुरी तत्काल् प्रहरीसामु नआउदा त्यस्ता घटना बढ्न थप सहयोग पुग्ने गरेको उनको भनाई छ । 

 

प्रहरी प्रधान कार्यालयले आइतबार १० जना डिएसपीहरुको सरुवा हुदाँ सोसूचीमा परेपछि सोमबार आज जिल्लाका पत्रकारहरुसंग आफ्नो कार्याकालमा भएका गतिविधि बारे जानकारी दिन आयोजित् पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले १२ महिना १३ दिन रामेछापको बसाईको क्रममा ५७ जना फरार प्रतिबादी पक्राउ गर्न सफल भएको जानकारी दिए । उनले आफ्नो कार्यकालमा ४७ वर्ष ७ महिना कूल कैद भुक्तानी भएको जानकारी गराए । 

 

त्यस्तै ४४ लाख ५१ हजार एक सय ९७ रुपैयाँ जरिवाना रकम राज्वश्व संकलन् भएको बताए ।  


आफ्नो कार्यकाल सफल बनाउनको लागि समुदायबाट प्राप्त भएका सूचनाहरुलाई गम्भीरताको साथ राम्रो अध्ययन आफ्नो टिमले गरेको भन्दै अपराध नियन्त्रण गर्नको लागि नागरिकहरुको प्रमुख हात हुने बताए । 

 

उनको प्रदेश १ को प्रहरी कार्यालय बिराटनगर सरुवा भएको छ । गत २०७७ माघ ९ गते रामेछापमा हाजिर भएका ढुङ्गानाले स्थानीय स्तरको शान्ति सुरक्षाको लागि नागरिक सचेत हुनु पर्ने बले भएको बताए । 

उनले जिल्लामा आत्महत्याका घटना र जबरजस्ती करणी बढ्नुमा प्रहरीलाई तत्काल सूचना दिन हिच्किचाउने प्रविदृ भएको उनको दाबी छ । 

तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स