निर्वाचन आयोग रामेछापको अन्तरक्रियाः खर्च घटाउन र उम्मेद्वरले आचारसहिंता उल्लङ्घन् गरे उम्मेद्वरी रद्द गर्ने नीति बनाउन सुझाव

चुनाव खर्च घटाउनेमा सरोकारवालाहरुको जोड्

| फागुन ३, २०७८ मंगलबार

तस्विर : मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

३ फागुन, रामेछाप । निर्वाचनमा हुने खर्चलाई कम गर्नु पर्नेमा रामेछापका सरोकारवालाहरुले जोड् दिएका छन् । साथै निर्वाचमा उम्मेद्वारी दर्ता गरेका उम्मेद्वरहरुले निर्वाचन् आचारसहिंता उल्लेङ्घन् गरेमा उम्मेद्वारी रद्द हुने व्यवस्था गर्न उनीहरुको सुझाव छ । 


आज मंगलबार जिल्ला निर्वाचन कार्यालय रामेछापले आयोजना गरेको ‘निर्वाचन संचालन् तथा व्यवस्थापनमा सरोकारवालहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले निर्वाचन धेरै महंगो भएको र यसले भ्रष्टचारलाई थप बढवा दिएको भन्दै सरोकारवालाहरुले भ्रष्टचार न्यूनिकरण गर्नको लागि पनि निर्वाचनमा हुने खर्चलाई न्यूनिकरण गर्नु पर्नेमा जोड दिएका हुन् । 


प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ्सहित जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,नागरिकसमाज,पत्रकार, संचारकर्मीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बोल्दै नागरिक समाजकर्मी एवं कानून ब्यवसायी बिचार सिंह दोङ्ले उम्मेद्वरहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा उनीहरुको उम्मेद्वरी रद्द हुनु पर्ने व्यवस्था हुने पर्ने सुझाव दिए । उनले रहेक क्षेत्रको लागि आचारसंहिता रहेको उल्लेख गर्दै सबैले त्यो पालना गर्नु पर्ने र उम्मेद्वर बनेकाहरुले उल्लेङ्घन् गरेको खण्डमा उनीहरुको उम्मेद्वरी रद्द हुनु पर्ने प्रावधान हुनु बताएका हुन् । 

त्यस्तै नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले निष्पक्ष, धादलिरहित र पारदर्शी तरिकाले निर्वाचन हुनु पर्नेमा जोड् दिए । उनले आवधिक निर्वाचन गर्न सरकारले मिति घोषणा गर्नु पर्ने प्रावधानै परिवतर्न हुनु पर्नेमा सरकारको ध्यानाकर्षण गरे । उनले सरकारले चाहे निर्वाचन हुने नत्र नहुने प्रावधान् हटाएर निर्वाचन् अवधि पुगेपछि स्वतः निर्वाचन् हुनु पर्ने व्यवस्था बन्नु पर्ने बताए । साथै खर्चलाई पनि मित्यब्यायी बनाउन सुझाव दिए । 


माओवादी केन्द्रका नेता दीपक प्रसाईले निर्वाचनलाई सस्तो बनाउदै भ्रष्टचार न्यूनिकरणमा भूमिका खेल्नु पर्नेमा जोड् दिए । उनले निर्वाचन आचारसहिंता कडाईका साथ पालना गर्ने÷गराउने वातावरण सम्बन्धित् निकायले बनाउनु पर्ने बताए । 

 

त्यस्तै जिल्ला समन्वय प्रमुख खड्काले विगतको तुलनामा हालको निर्वाचन् विधि, सहि तरिकाले अगाडि बढेको भन्दै यसलाई अझै सुधार गरेर जानू पर्ने बताए । उनले सबै राजनीतिक दलहरुले आचारसहिंतालाई लागू गर्नु पर्ने बताए  । पैसावालाहरुलाई मात्रै टिकट् दिने पद्धति मौलाएको बताउदै त्यसको अन्त्य गरि राजनीति बुझेको मानिसलाई अगाडि ल्यानु पर्छ भने । 

 

त्यस्तै खाँडादेवी गाउँपालिका अध्यक्ष तामाङ्ले जनता सचेत हुने बेला आएको बताए । उनले अब कसलाई जिम्मेवारी दिने भन्ने अधिकार जनतामा निहित हुने भएकाले उनीहरु सचेत् भएर भोट हाल्नु पर्ने बताए । उनले आफूले गत निर्वाचनमा भने कम खर्चमा ठूलो उपलब्धी हाँसिले गरेको सुनाए । 

 

प्राप्त भएका सुझाव र सरकारले लागू गरेको निर्वाचन सम्बन्धि सम्पूर्ण अधिकार, विधि, नीतिलाई कडाईका साथ पालना गर्दै निर्वाचनलाई सफल पार्नको लागि प्रशासन तयार रहेको प्रमुख जिल्ला अधिकारी पहाडीले प्रतिबद्धता जनाए । उनले निर्वाचनका आचारसहिंता र सबै कुराहरु माथिको आदेश र परिस्थिति हेरेर कार्यान्वयनमा जान प्रशासन तयार रहेको बताए । 

 

भने आयोगले सार्वजनिक गरेको आचारसहिंता कार्यान्वयमा निकै चुनौती देखिएको भन्दै त्यसलाई सहज र कडा गर्नु पर्ने नेपाल पत्रकार महासंघका कोषाध्यक्ष एवं पत्रकार युवराज श्रेष्ठले सुझाव दिए ।