एमाले रामेछापको निर्वाचन केन्द्रीत विशेष अभियानः आठ वटै स्थानीय तहमा वृहत आमसभा र प्रशिक्षण

| फागुन ३, २०७८ मंगलबार

A A A
A A A

३ फागुन, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (एमाले) रामेछापले आसन्न निर्वाचन केन्द्रीत गतिविधिलाई तिब्र पारेको छ । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचन केन्द्रीत २ महिने विशेष अभियान  कार्ययोजना घोषणा गरेको हो । पार्टीको आइतबार र सोमबार सम्पन्न जिल्ला कमिटी दोस्रो पूर्ण बैठक एवम् प्रशिक्षण कार्यक्रमले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित् पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । 

 

एमालेले निर्वाचनलाई कुनै पनि बहानामा पछि सार्न नहुने निष्कर्श सहित सबै स्थानीय तहमा विस्तारित बैठक तथा अभिमुखीकरण आयोजना गर्ने जनाएको छ । 


जसअनुसार फागुन १२ गते मन्थली नगरपालिका, फागुनबाट अभियान प्रारम्भ गर्ने पार्टीका सहसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश कार्कीले जानकारी दिए । उनका अनुसार १३ गते दोरम्बा शैलुङ र खाँडादेवी गाउँपालिका, फागुन १४ गते सुनापति र उमाकुण्ड गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम तय भएको छ । 

 

त्यस्तै रामेछाप नगरपालिकामा पनि सोही दिन कार्यक्रम हुने छ । भने फागुन १५ गते गोकुलगंगा गाउँपालिका केन्द्रमा कार्यक्रम गर्ने बताइएको छ । 


यता फागुन १९ गते लिखु तामाकोशी गाउँपालिकामा कार्यक्रम हुने उनले बताए । सो कार्यक्रममा सम्बन्धित भुगोलका प्रदेश कमिटी सदस्य, जि।क।स, केन्द्र जिल्ला र पालिकाका ज।व।स सदस्यहरु, वडा कमिटी पदाधिकारी, सल्लाहकार र जिल्ला प्रतिनिधि परिषद् सदस्यहरु सहभागी हुने कार्कीले बताए । उनले भने ‘वडा तथा टोलहरुमा अन्तक्रिया एवम् सुझाव संकलन, सभा र जिल्लामा बृहत आमसभा गरिने छ ।’ 

 

दुई दिनसम्म मन्थलीमा संचालन् भएको प्रशिक्षण तथा बैठकमा जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठ, पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य राजन भट्टराई, बागमति प्रदेश सह-इन्चार्ज तथा पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल, पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाई, जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कैलाश प्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज माधव प्रसाद ढुङ्गेल र निवर्तमान अध्यक्ष शान्ति प्रसाद पौडेलले विषयगत प्रशिक्षण गरेका थिए । 


बैठकले ‘म जिताउछु मेरो वडा, हामी जिताउछौ, हाम्रो पालिका’ भन्ने मूल नाराको साथ ‘वैशाख ३० मा सूर्यमा मतदान, नेकपा (एमाले)को आव्हान र अभियान प्ररम्भ गर्ने निष्कर्श निकालेको कार्कीले बताए ।