मन्थली अस्पताल ‘अप्रेसन्’ विधिबाट प्रसुती गराउन सफल

| फागुन ४, २०७८ बुधबार

तस्विर स्रोतः केश्व फुयाँल,
A A A
A A A

४ फागुन, रामेछाप । भर्खरै ‘मन्थली अस्पताल’को रुपमा सेवा विस्तार गरेको मन्थली अस्पतालमा डेढ वर्ष भन्दा लामो समयदेखि बन्द अवस्थामा रहेको प्रसुती सेवा सुचारु भएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतको पहलमा (एमडिजिपी) डक्टर व्यवस्थापन् गरेपछि अस्पतालमै अप्रेसन् गरेरै बच्चा निकालिएको हो । 

 

मंगलबार डा‍ समिर क्षेत्रीसहित सात जनाको टिमले नगरकै वडा नं ५ सुनारपानीकी २२ वर्षिय गर्भवती महिला मनिषा थापा (कार्की)को सफल शल्यक्रिया गर्न सफल भएको नगरका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार डा‍ क्षेत्री, सहित डा‍ पासर श्रेष्ठ,  डा‍ नवराज श्रेष्ठ र डा‍ सरोज थपलियाको टिमले प्रसुतीको लागि अस्पताल पुगेकी कार्कीको सामान्य प्रसुती नभएपछि शल्याक्रिया गरिएको हो । उनको शल्यक्रिया सफल भएको र आमा  र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको फुयाँलले बताए । ‘अब धेरै सहज् भयो । यो टिमले आशा लाग्दो काम सुरु गरेको छ । जटिल् बाहेक सबै उपचार अस्पतालले दिन तयार छ फुयाँलले भने ।’

योसंगै प्रसुतीको लागि जिल्ला बाहिर दौडनु पर्न बाध्यता हट्ने भएको भन्दै स्थानीयहरु खुसी भएका छन् । जिल्ला सदरमुकाम समेत रहेको मन्थलीमा अस्पताल नभै प्राथमिक स्वास्थ्य केन्द्र हँदा बिरामीहरुको अस्पतालले गर्ने सेवामा विस्वास् नहुदाँ काठमाडौं लगाएतका ठाउँ धाउदै आएका थिए ।

अस्पतालको रुपमा विकास भएको मन्थली अस्पतालले २४ सै घण्टा बिरामी भर्नासहितका सेवा दिन सक्ने बताइएको छ । साथै हाल १५ शैय्याको अस्पताल भनेपनि अस्पतालमा ३५ देखि ४० जना बिरामीहरुको एकै पटकमा उपचार भर्ना गरेरै गर्न सकिने व्यवस्थापान् रहेको अस्पतालका डाक्टर प्रमुख नवराज श्रेष्ठले बताए । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार