जनताले रुचाएको व्यक्तिलाई मात्रै टिकट् दिन कांग्रेस रामेछापलाई कार्यकर्ताको दबाब

| फागुन ४, २०७८ बुधबार

तस्विरः कांग्रेस रामेछाप ।
A A A
A A A

४ फागुन, रामेछाप । नेपाली कांग्रेस रामेछापको पदाधिकारी बैठकमा जनताले रुचाएको आधारमा टिकट् दिनु पर्ने विषयले प्राथमिकता पाएको छ । अध्यक्ष देखि वडा सदस्य समेत जनताले रुचाएको र जनताको समस्या बोल्न सक्ने व्यक्तिलाई मात्रै  पार्टीले टिकट् दिनु पर्नेमा कांग्रेसका नेताहरु एकमत् देखिएको गोकुलगंगा गाउँपालिकाका कांग्रेस सभापति मणिकुमार लामाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

मंगलबार हिजो जिल्ला कार्यसमिति रामेछापको बैठक गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेको शिवलयमा बसेको थियो । सो बैठकमा बोल्ने अधिकाशं स्थानीय नेता कार्यकर्ताले चुनावमा टिकट् पैसा भएकालाई मात्रै दिने प्रवृति मौलाएकाले त्यसको अन्त्य गर्नु पर्ने बताएको बक्ताहरुको भनाई उदृत् गर्दै लामाले भने ‘टिकट् जनताले रुचाएको मान्छेलाई दिनु पर्छ, ऊ जनताको समस्या बुझ्न, बोल्न र हल गर्न सकोस् ।’ 

 

बैठकमा कांग्रेसलाई कसरी निर्वाचनमा जिताउन सकिन्छ भनेर स्थानीयहरुको राय सुझाव समेत संकलन् गरेको छ । साथै टोल कमिटी विस्तारलाई तिब्र पारेर संगठनलाई बलियो बनाउन जोड् दिएको छ ।

 

त्यस्तै आउदो निर्वाचनमा पालिकामा नाम नखुलाउने शर्तमा तीन जनाले पालिका अध्यक्षको लागि दाबी गरेको वडा नं १ चुचुरेका वडा अध्यक्ष समेत रहेका पालिका सभापति लामाले बताए । 

 

स्रोतका अनुसार पालिकामा तीन जनाले पालिका अध्यक्षको लागि उम्मेद्वरी दिनआफूहरु  तयार रहेको बताएका थिए । भने तीन जनाको सहमती नभएको खण्डमा आफ्नो विकल्प नभएको अर्का एक नेताले बोलेका थिए ।

 

बैठकमा समसामयिक राजनैतिक विषयमा छलफल तथा कार्यकर्तासँग भेटघाट सहित सकिएको छ ।