रामेछापमा बन्दको प्रभावः विद्यालयहरु सबै ठप्प

| फागुन ४, २०७८ बुधबार

मन्थली भैशेश्वरबाट काठमाडौं तर्फ जानको लागि हिडेका सवारीबीच बाटोमै रोकिदा,तस्विरः केशव तिमल्सिना
A A A
A A A

४ फागुन, रामेछाप । रामेछापमा पनि देशव्यापी बन्दको असर परेको छ । आज (एमसीसी) सँगको सम्झौताको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरे पछि त्यसको आशिक प्रभाव परेको हो ।

 

 

जसको कारण विद्यालयहरु पूर्णरुपमा बन्द हुन पुगेका छन् । सदरमुकाम मन्थली स्थित् सामुदायिक तथा नीजि बिद्यालयहरु बन्द भएका छन् ।

 

‘बिहान एकै छिन् बिद्यालय खोलेको तर, बन्दा गरादै हिडेकाहरुले आज बन्द गरिदिनुस् भनेपछि आएका विद्यार्थीहरुलाई गृहकार्य दिएर फिर्ता पठाएका छौं । आज स्कूल बन्द छन्’ मन्थली माविका प्रधानध्यापक टंकप्रसाद दाहालले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

त्यस्तै केप्स बोडिङ् स्कूल मन्थलीका प्रधानध्यापक एवं (प्याब्सन) का जिल्ला अध्यक्ष केशव तिमल्सिनाले पनि बिद्यालयहरु बन्द रहेको जानकारी दिए । 

 

यसैबीच शिक्षा विकास तथा समन्वय ईकाई रामेछापले पनि जिल्लाका आठ वटै स्थानीय तहहरुमा बिद्यालयहरु बन्द रहेको जानकारी प्राप्त भएको बताए । फाट्टा फुट् खुलेका छन् धेरै जसो बन्दनै रहेको जानकारी आएको उनले रामेछाप टाइम्संग भने । 

 

यता जिल्ला प्रहरी कार्यालय रामेछापले भने बन्दको खसै प्रभाव नपरेको बताएको छ । पसलहरु, बजार बिहानै देखि खुलेको र सवारी साधान पनि बिहान ‘स्कर्टीङ्’ गरेर पठाएकाले बन्दको खासै प्रभाव नदेखिएको सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई बताए ।