राप्रपा नेतृ माझी भन्छिन्-‘तत्काललाई पार्टी छड्दिन,पछिसम्म भन्न सकिन’

| फागुन ५, २०७८ बिहिबार

तस्विर फाइल
A A A
A A A

५ फागुन, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य रीता माझीले पार्टी भित्र बसेर बिद्रोह गर्ने बताएकी छन् । केन्द्रमा कमल थापा राप्रपाबाट अलगिएपछि थापा निकट माझी अहिले राप्रपा छाड्ने कि राप्रपामै बसेर बिद्रोह गर्नेमा आफू ‘पर्ख र हेरको’ अवस्थामा रहेको रामेछाप टाइम्ससंग बताइन् । 

 

उनले भनिन् ‘तत्कालै पार्टी छाडिहाल्ने अवस्थामा म छैन, तर पनि हामीलाई पार्टीले गर्ने व्यवहारमा धेरै फरक आएको छ, केन्द्रको मिटिङ्, कार्यक्रमबारे कुनै जानकारी नै हुदैन । ‘प्यानल’ को पूरै व्यवहार देखिन्छ । प्रदेशदेखि केन्द्रसम्मका साथिहरु तत्काल पार्टी नछोड् भन्छन्, म पनि यही बसेर बिद्रोह गर्ने मनस्थितिमा छु ।’ 

 

विगत देखि यसै पार्टीले मन्त्री समेत बनाएको स्मरण गर्दै नेतृ माझीले कमल थापाले पार्टी छोड्नु स्वभाविक भएको बताइन् । ‘उहाँले भनेको कुनै पनि कुरालाई कार्यान्वयन नहुने, ब्यवस्था गर्ने, बाहिर राख्ने भएपछि छोड्नु भएको हो ।’

 

जिल्लामा पनि सानो संगठन हुदाँ काम गर्न निकै समस्या भएको उनको दुखेसो छ । रामेछापकी नेतृ माझी बागमती प्रदेशकी सासंद् समेत हुन् ।

 

उनले राजनीतिक रुपमा निकै तनावमा परेको बताइन् । उनले ६०-४० बाट छुटेर गएमा आफू संस्थापन् छोडने अवस्था आउने बताइन् । उनले कमल थापालाई जस्तै व्यवहार गरेमा पार्टी छाड्ने निश्चित् हुने भन्दै कार्यकाल सम्म भने आफू राप्रपामै रहेने बताइन् । 

 

कमल थापाले निर्माल निवासको प्रत्यक्ष हस्ताक्षपकै कारण पार्टी छोडेको दाबी गरिन् । उनले त्यसको प्रमाणनै भएपछि थापाले पार्टी छाडेका हुन् भनिन् । 

 

पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी परित्या गर्दै राप्रपा नेपाल भित्रनेहरु बढेका छन् ।