रामेछापमा ‘मिस्टर एण्ड मिस मोडेल अफ रामेछाप सिजन–३’ र ‘लिटिल मोडल अफ रामेछाप सिजन–२’ हुने

| फागुन ५, २०७८ बिहिबार

A A A
A A A

५ फागुन, रामेछाप । रामेछापमा ‘मिस्टर एण्ड मिस मोडेल अफ रामेछाप सिजन–३’ र ‘लिटिल मोडल अफ रामेछाप सिजन–२’ हुने भएको छ । जसको लागि प्रतियोगीहरुलाई तयारी कक्षा संचालन् हुने भएको छ । कार्यक्रम गर्नको लागि जिल्लाका आठ वटै स्थानीय तहहरुसंग समन्वय गरेको जानकारी दिएको छ ।

 

विगत केही वर्षदेखि निरन्तर गर्दै आएको सो प्रतियोगिता एव कार्यक्रम कोरोना भाइरस संक्रमणका कारण यो पटक दुई वर्षपछि हुन लागेको आयोजकले बिहिबार मन्थलीमा पत्रकार सम्मेलन् गरि जानकारी दिएको छ। 

 

लुकेर रहेका प्रतिभाहरुको पहिचान गरि कला, गला, र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले यही फाल्गुण १ गते देखि आउदो चैत्र २० गते सम्म मन्थलीमा ‘मिस्टर एण्ड मिस मोडेल अफ रामेछाप सिजन-३’ र ‘लिटिल मोडल अफ रामेछाप सिजन-२’ गर्न लागेको जनाएको हो । 

 

जसमा ‘मिस्टर एण्ड मिसमा १४ देखि २८ वर्ष उमेरका युवायुवतीले सहभागिता जनाउन सक्ने पत्रकार सम्मेलनमा सुमन् खड्काले बताए ।

 

त्यस्तै ‘लिटिल मोडल अफ रामेछाप सिजन-२’ मा भने ६ देखि १३ वर्षका बालबालिकाहरुले सहभागिता जनाउन सक्ने छन् । 

 

उनीहरुलाई अहिले सहभागिताको आधरमा छनोट् गरि तालिम दिइने र अन्तिम प्रस्तुतिमा ‘प्रफमेन्स्’ हेरेर पुरस्कृत तथा विजेता घोषणा गर्ने आयोजको तयारी रहेको छ । जसमा बिजेता एवं मिस्टर एण्ड मिस् घोषित् हुनेले नगद १५ हजार रुपैयाँ पुरस्कार सहित म्युजिक भिडिओमा अभिनय गर्ने एवं गीत गाउने अवसर पाउने छन् । 

 

त्यो उनीहरुको ‘प्रफमेन्स’ भर पर्ने छ । त्यस्तै ‘ताज’ पाउने छन् । अन्य पुरस्कार समेत रहेको आयोजले जनाएको छ । 

 

कोरोना महामारीको परिस्थिति सामान्य रहेमा एक भव्य कार्यक्रम आयोजना गर्ने तयारी आयोजकको छ । तर, परिस्थिति फरक बनेमा समान्य कार्यक्रमबाट बिजेता घोषणा गर्ने अवस्था आउन सक्ने आयोजकको भनाई छ ।   

आयोजकको योजना हेर्नुहोस्