रामेछाप मन्थलीका दिपेश मानन्धर चार दिन देखि सम्पर्क बिहिन्ः खोजी दिन परिवारको अपिल्

| फागुन ८, २०७८ आइतबार

सम्पर्क बिहिन् दिपेश मानन्धर, तस्विर स्रोतः सामाजिक संजाल ।
A A A
A A A

८ फागुन, रामेछाप । रामेछापको मन्थलीका एक युवा चार दिन देखि बेपत्ता भएका छन् । ईन्जिनेरिङ् विषयमा स्नाकोत्तर गरेका दिपेश मानन्धर गत बिहिबार बिहान देखि सम्पर्क बिहिन् भएपछि परिवारमा आँशुमा डुबेको छ । 

 

जिल्लाको सुनापति गाउँपालिका गाउँपालिका वडा नं ५ रुपाकोट स्थायी घर भई हाल मन्थली नगरपालिका वडा नं १ (जिल्ला प्रशासन कार्यालय मन्थली जानेबाटो) मा परिवारसहित बसोबास् गर्दै आएका दिलकुमार मानन्धरका २६ वर्षीय छोरा दिपेश बेपत्ता भएको दिपेशका बुबा दिलकुमारले रामेछाप टाइम्सलाई जानकारी दिए । उनी बेपत्ता भएपछि आफूहरुको परिवार रोदन्मा डुबेको भन्दै खोजीदिन अपिले गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दर्ता भएको समेत दिएका छन् । साथै सामाजिक संजाल सहित विभिन्न मिडियालाई उनले छोरो खोजी गरिदिन आग्रह गरे । 

 

बिहिबार बिहान १० : १५ बजेको समयमा बाबुछोरा संगै खाना खाएर आफू अफिस् हिडेको र दिपेश भने अस्पतालमा नियमित चेकपको लागि जाने तयारीमा रहेको उनले सुनाए । दिपेश लामो समयदेखि ‘निद्र’ लाग्ने रोगबाट पीडित् थिए । 

 

उनी सो रोगको औषधि सेवान् गर्दै आएका थिए । ‘छोरालाई यो रोगको औषधि केही वर्षअगाडि देखि सेवान् गर्दै आएको हो । उ यो समस्यामा रहेको थियो । अरु सबै ठीक थियो । शारिरीक रुपमा उ एकदमै स्वस्थ छ । लोक सेवा आयोगमा पनि नाम निकालेको थियो । ईन्टर्भियूमा नाम ननिस्किएपछि केही तनावमा थियो अरु केही थिएन ।’

 

उनले हराएका छोरालाई खोजी दिने सबैमा गुहारेका छन्  ।