‘रामेछापमा माओवादीले क्षेत्र नं २ मा बहुमतले चुनाव जित्छ’- नेता प्रसाई (भिडिओ)

| फागुन ९, २०७८ सोमबार

A A A
A A A

९ फागुन, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी माओवादी केन्द्रका नेता एवं मन्थली नगरपालिकाका पहिलो उपाध्यक्ष दीपकराज प्रसाईले आफ्नो वडामा माओवादीले आउदो चुनाव बहुमतले जित्ने दाबी गरेका छन् । उनले भने ‘यो पटक हामी गत निर्वाचनको भन्दा बढी सिट जफत गर्छौं । हामी अहिले संगठन बलियो बनाएका छौं ।’

 

रामेछाप टाइम्ससंग ‘निर्वाचन विशेषमा’ कुराकानी गर्दै उनले मन्थली नगरपालिका वडा नं ७ मा माओवादीले संगठन बलियो बनाएको बताए । उनले आफ्नो पार्टीले ईतिहास बलियो रहेको भन्दै जनताको पार्टी भनेको माओवादी मात्रै भएको दाबी गरे । 

 

नेता प्रसाईले जिल्लामा करिब १३ हजार क्रियाशिल सदस्य भएको पार्टी माओवादी मात्रै भएको जानकारी दिदै जिल्लाको विकास निर्माणमा माओवादीका संघीय सांसद् देखि प्रदेश सांसद्ले महत्पूर्ण भूमिका खेल्दै आएको दाबी गरे ।

 

उनले रामेछापका ठूला विकास योजनामा माओवादीले पारेको भन्दै क्षेत्र नं २ मा माओवादी बलियो भएको बताए । उनले सबै राजनीतिक दलमा ब्यक्ति मुखी र ब्यक्ति बादी भएको भन्दै त्यो अन्त्य हुनु पर्ने औल्याए । 

रामेछाप टाइम्स
| जेठ १५, २०८१ मंगलबार