मन्थली माविको व्यवस्थापन समिति गठनको लागि भोली मतदान हुँदैः यी हुन् उम्मेद्वरहरु (नामावली)

| फागुन ९, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

९ फागुन, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको लागि मतदान हुने भएको छ । सर्वसहमतिमा कुरा नमिलेपछि मतदान प्रक्रिया अगाडि बढेको हो  ।

 

भोली मंगलबार बिहान ८ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान हुने मन्थली मा‌विका प्रधानाध्यापक टंकप्रासद दहालले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार खुला सदस्य दुई पुरुषका लागि १० जना निर्वाचन प्रक्रियामा भाग लिएका छन् । 

 

त्यस्तै दुई पदका लागि खुल्ला महिला सदस्यमा चार जना उम्मेद्वार चुनावी मैदानमा रहेको प्रधानाध्यापक दाहालले बताए । कूल एक हजार दुई सय ८५ जना मतदाता रहेको मन्थली माविमा मतदानमा भाग लिन सबैलाई आह्वन समेत गरिएको छ । 

 

यसअगाडिको व्यवस्थापन समिति अवैधानिक तरिकाले गठन भएको, आर्थिक हिनामीनामा मुच्छिएको, विद्यालय व्यवस्थापनमा चुकेको लगाएको विवादमा मुछिएपछि मन्थली नगरपालिकाको शिक्षा शाखा अन्तर्गत गठित समितिले नयाँ समिति गठन प्रक्रिया अगाडि बढाएको हो । दुई महिला र दुई परुष सहित नयाँ सदस्यको टुङ्गो लागेपछि अध्यक्षसहितको नयाँ समिति टुङ्गाईले बताइएको छ।   

उम्मेद्वर को-को र चुनाव चिन्ह के हेर्नुहोस् ।