शुक्रबारदेखि मन्थलीमा ‘चौथो राष्ट्रपति रनिङ् शिल्ड’ प्रतियोगिता हुदै

| फागुन ९, २०७८ सोमबार

नगर खेलकुद समितिको बैठक । तस्विरः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

९ फागुन, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आउदो शुक्रबारदेखि ‘चौथो राष्ट्रपति रनिङ् शिल्ड’ प्रतियोगिता संचालन् गर्ने भएको छ । कोरोना महामारी दैनिक घट्दै गएको भन्दै प्रतियोगिता संचालन गर्न लागेको आज सोमबार नगरपालिकाको कार्यालयमा नगर शिक्षा समितिको बैठकले निर्णय गरेको हो ।

 

यही फागुन १३ गते शुक्रबार देखि १४ र १५ आइतबार सम्म प्रतिगयोगिता संचालन हुने छ । 

 

नगरभित्रका २२ वटा माध्यामिक विद्यालहरुले भाग लिने उक्त प्रतियोगिताले खेलकुद क्षेत्रलाई चलायमान बनाउन बल पुग्ने विश्वास गरिएको छ । नगरको बार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता केही समय अगाडिनै हुनु पर्ने थियो । तर कोरोना संक्रमणले केही पछि रहेको थियो । 

 

तीन दिनसम्म हुने प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स र मार्सलआर्ट विधामा खेल खेलाईने आयोजकले जनाएको छ । 

 

छलफलमा बोल्दै नगरप्रमुख रमेशकुमार बस्नेतले नगरका सबै विद्यालयहरु एकैनाशका नरहेको भन्दै सबैलाई सहज हुने गरि कार्यक्रम गर्नु पर्ने बताए । उनले राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता नगरको गहनाको रुपमा रहेको बताए । बस्नेतले खेल विद्यार्थीको प्रतिभा भएको भन्दै त्यसलाई बाहिर ल्याउन सक्नु पर्ने बताए । उनले नगरका २२ माविले सहभागिता जनाउने जानकारी गराए ।

 आज बसेको बैठकले प्रतियोगिता संचालनको लागि विभिन्न समिति गठन गर्दै जिम्मेवारी तोकेको छ । 

निर्णय हेर्नुहोस् 

मिलन घिमिरे
| चैत १०, २०७८ बिहिबार