मन्थली माविको व्यवस्थापन चयनको लागि मतदान सुरु

| फागुन १०, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१० फागुन,रामेछाप । मन्थली माद्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समिति चयनको लागि मतदान सुरु भएको छ ।

 

आज मंगलबार मतदानको लागि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म  समय तोकिएको मन्थली माविका प्रधानाध्यापक टंकप्रसाद दाहालले रामेछाप टाइम्सलाई जानकारी दिए । मतदान सुरु भयो । ‘५ बजेसम्म मतदान समय तोकिएको छ । करिब ८ सय जनाले मतदान गर्ने अपेक्षा गरेका छौं ।’

 

उनका अनुसार चार पदका लागि १४ जना उम्मेद्वर चुनावी मैदानमा छन् । एक हजार २ सय ८५ जना मतदाता रहेको माविमा मतदानबाट चुनिएपछि व्यवस्थापन समितिको अध्यक्ष सहितको समितिलाई पुर्णता दिइने तयारी छ ।

 

दुई जना खुल्ला महिला र दुई जना खुल्ला पुरुष मतदानबाट चुनिने छन् । जसमा चार जना खुल्ला महिला र १० जना खुल्ला पुरुष चुनावी मैदानमा रहेका छन् ।

 

चार जना निर्वाचित् भएपछि दुई जना थप मनोनित गर्ने व्यवस्था छ । निर्वाचित चार र मनोनित २ गरि ६ जनाबाट योग्यता पुगेका र जेष्ठताको अध्यक्षमा बैठकबसी अध्यक्ष लगाएतका पदाधिकारी चयन गर्ने बताइएको छ ।

 

सदरमुकाम मन्थली स्थित, मन्थली मावि जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी रहेको विद्यालय हो । साथै यो विद्यालय ‘नमूना’को लागि अग्रसरको रुपमा पनि परिचित छ ।