लिखु जलविद्युत ‘ए’ को विद्युत उत्पादन सुरुः केन्द्रीय प्रसारण लाईनमा जोडियो

| फागुन १०, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१० फागुन, रामेछाप । रामेछाप र सुलोखुम्बु जिल्लाको सिमा भएर बग्ने लिखु नदीमा निर्माणाधिन लिखु जलविद्युत आयोजना ‘ए’ ले व्यवसायीक विद्युत् उत्पादन सुरु गरेको छ ।

 

लिखु नदीको पानीलाई साढे २ किलोमिटर सुरुङ् मार्फत रामेछापको उमाकुण्ड गाउँपालिकामा पर्ने राङदहमा बाँध निर्माण गरी सोलु जिल्ला लिखुपिके गाउँपालिका २ बुकुदोभानमा पानी खसालेर विद्युत् उत्पादन सुरु भएको कम्पनीका संचालक राजन कुमार खत्रीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकारणले खरिद गर्ने सम्झौता भैसकेको छ । ‘परिक्षण सम्पन्न भयो र उत्पादन सुरु भएको हो खत्रीले भने ।’  करिब चार वर्ष अगाडि सुरु भएको आयोजनाले व्यवसायीक उत्पादन सुरु गरेको खत्रीले रामेछाप टाइम्ससंग बताए । गत माघको २६ गतेदेखिनै परीक्षण उत्पादन सकेर व्यवसायीक उत्पादन सुरु भएको उनले बताएका हुन् । 

 

विद्युत निमार्णस्थल बुकुदोभानदेखि जिल्लाकै मन्थली नगरपालिका १३ स्थित न्यू खिम्ती सब–स्टेसनसमा राष्ट्रिय प्रसारणलाईनमा जोडिएको उनले बताए । उनका अनुसार करिब ३० किलोमिटर लामो १ सय ३२ केभी प्रशारण लाइनबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाईनमा जोडिएको हो ।

 

एमभी दुगड समूहले निर्माण गरेको जलविद्युत ‘ए’ ले आफ्नो सेवा सुचारु गरेको हो । चार वर्षा अगाडि सुरु भएको आयोजना तीन वर्षमा सक्ने सम्झौता रहेको थियो । तर, कोरोना महाकारीले एक वर्षपछि धकेलिएको थियो । हाल २९‌.४ केभी विद्युत् निरन्तर उत्पादन भैरहेको उनले बताए । 

 

नुम्बुर हिमालय हाइड्रोपार लिमेटेड कम्पनी (एमभी) दुगड अन्तर्गत अन्य दुई जलविद्युको पनि काम धमाधम भैरहेकको उनले जानकारी गराए ।  दुगड समूहकै लगानीमा लिखु खोलामा निर्माणाधिन अन्य २ वटा आयोजनाको काम समेत करिब ७५ प्रतिशत पूरा भएको खत्रीले जानकारी दिए ।

 

उनका अनुसार ७७ मेगावाटको लिखु १ र ५५ मेगावाट क्षमताको लिखु २ आयोजनाको काम भैरहेको छ ।