गेलुमा एमाले र माओवादीका कार्यकर्ताबीच झडपः वडा अध्यक्ष भन्छन् ‘एमाले नबने गाउँँलेका हातखुट्टा भाँच्दिने धम्किदिए’ (भिडिओसहित)

| फागुन १०, २०७८ मंगलबार

A A A
A A A

१० फागुन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संचालन गरेको पार्टी परिचालन तथा संगठन सुद्धिकरण अभियानमा माओवादी तथा वडाबाट अबरोध गरेको भन्दै आपत्ती जनाएको छ । 

एमाले मन्थली नगर कमिटीले मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्थली नगरपालिका वडा नं ११ गेलुमा वडा कमिटीले अभियान चलाई रहेको बेला नेकपा (माओवादी केन्द्र) का नेता एवम् निर्वाचित वडाध्यक्ष भीमबहादुर थापामगरको नेतृत्वमा रहेको एक टोलीले एमाले कार्यकर्तालाई आक्रमण गर्ने प्रयास भएको एमालेले जारी गरेको पत्रमा उल्लेख छ । एमालेले भने आफ्नो मौनतालाई कम्जोर नठान्न माओवादीलाई सचेत गराएको छ । उसले आफूमाथि वडा अध्यक्षले ज्याजति पूर्ण व्यवहार गरेको बताएको छ । 

 

जारी विज्ञप्तिमा ‘स्थानीय समितिमा नेता तथा कार्यकताहरुलाई आक्रमण प्रयास र अवरोध गरेको प्रति हाम्रो पार्टी नगर कमिटी घोर भत्र्सना एबम् निन्दा गर्दछ। कुनै पनि राजनीतिक पार्टीलाई आफ्ना गतिविधि निर्वाध रुपमा संचालन गर्नुपर्ने संवैधानिक हक र अधिकार रहेको छ । आजको युगमा पनि निरंकुश शैली अपनाउने कसैलाई पनि छुट छैन । अन्य राजनीतिक पाटीले संचालन गरेको अभियानमा अवरोध गर्ने उक्त गलत क्रियाकलाप निन्दनीय र भर्सना योग्य बनायो । शालिनतालाई कमजोरी ठानिएमा हाम्रो पार्टीको तर्फबाट प्रतिवाद गर्दा उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवार स्वयम् सम्बन्धीत पक्षनै पर्नेछ भनिएको छ ।’

 

यता वडा अध्यक्ष भीमबहादुर थापामगर भने आफूमाथि हातपात भएको बताउछन् । रामेछाप टाइम्सलाई भिडिओ र एमाले नगर कमिटीको प्रेस विज्ञप्ति प्राप्त भएपछि घटनाको बारेमा बुझ्दा उनले भने ‘म वडाबाट निस्किएर दियालीको निम्तो मान्न हिड्दै गर्दा एमालेका साथिहरुले बाहिरका ५०–६० जना केटाहरु, चुल्ठे मुद्रे ल्याएर जाँडा खाएर मातेर झण्डा र गाडीसहित हिडेका रहेछन् मलाई देख्ने बित्तिकै एक्कसी ठोक् ठोक, हानहान भन्दै आए, कराए जिस्कारएपछि त्यसको प्रतिबाद् गरेको हुँ । ल,मलाई ठोक्ने को हो । किन ठोक्ने के हो भनेर सोधेको हुँ भने । उनले थप सभ्य तरिकाले भोटमाग्न आउ मेरै घरमा म त्यो स्वीकारन सक्छु तर, गाउँ टोलमा गएर एमाले बन्ने भए बन् नत्र खुट्टा भाँच्दिन्छु भन्दै धम्काएका छन् ।’

उनले भने ममाथि आक्रमाण भएको हो । उनले एमालेले एमाले बन्ने भए बन् नत्र खुट्टा, हात भाँचिदिन्छु भनेर गाउँमा समेत धम्क्याउने गरेको बताए । 

 

प्राप्त भिडिओमा भने हातहाला हाल भएको देखिन्छ भने ज्यान लिने, सिङ्गलसिङ्गल भिड्न आओ लगाएका धम्कि दिएको सुनिन्छ । 

विज्ञप्ति हेर्नुहोस्