यी हुन् मन्थली माविको विद्यालय व्यवस्थापन समितिमा बिजयीहरुः कसले कति मत पाए हेर्नुहोस् (मतपरिणामसहित)

| फागुन १०, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१० फागुन, रामेछाप । मन्थली माद्यामिक विद्यालयको व्यवस्थापन समिति गठनको लागि आज भएको मतदानमा नारायणबहादुर बस्नेत, निरमान श्रेष्ठ, कविता घिमिरे र सरिता खड्का खत्री बिजयी भएका छन् । जिल्ला सदरमुकाम मन्थली स्थित नमूनाको लागि अग्रसर विद्यालयको व्यवस्थापन समिति गठनको लागि आज मतदान भएको हो । 

 

एक हजार २ सय ८५ जना मतदाता रहेको मन्थली माविका ७ सय ८७ मत खसेको थियो । जसमा २९ भने बदर भएको छ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो मत खसेको हो ।

 

चार पदका लागि १४ जना उम्मेद्वर चुनावी मैदानमा थिए । दुई खुल्ला महिला सदस्यको लागि चार जना र दुई पुरुष खुल्ला सदस्य पदको १० जना उम्मेद्वर उठेका थिए । 

कसले कति मत पाए हेर्नुहोस् । 
१ कृष्णहरि खत्री.–५१
२ गणेशबहादुर माझी –१००
३ नारायण बस्नेत –.३७७
४ निरमान श्रेष्ठ –.३७३
५ वलविर माझी –१९
६ बेदकुमार घिमिरे –१५३
७ मोहनबहादुर थापा.–१५
८ यमबहादुर बुढाथोकी –२१९
९ रामकुमार श्रेष्ठ –२९
१० रामशरण कार्की –४०

महिला तर्फ 
१ कविता घिमिरे –.४२३
२ तिजकुमारी भुजेल –२७५
३ निर्जला दाहाल (सुवेदी)–२४७
४ सरिता खड्का (खत्री)–४४०