सात दिनदेखि सम्पर्क बिहिन् दिपेश आफै सम्पर्कमा आए

| फागुन ११, २०७८ बुधबार

दिपेश मानन्धर ।
A A A
A A A

११ फागुन, रामेछाप । गत बिहिबार देखि घरबाटै सम्पर्क बिहिन् बनेका दिपेश मानन्धर सम्पर्कमा आएका छन् । आज बुधबार उनी आफै घर फर्किएर आएको बताइएको छ । 

 

घरबाट गत बिहिबार बिहान देखि उनी कसैको सम्पर्कमा आएका थिएनन् । आज साँझ भने उनी आफै घर फर्किएको रामेछाप सहयोगी मन (रासम) सदस्य एवं दिपेशको खोजी कार्यमा संलग्न बिपिन् भट्टराईले दिपेशलाई आज भेटेकाहरुको भनाई उदृत गर्दै रामेछाप टाइम्सलाई जानकारी दिए । 'म घुम्न गएको थिए भन्ने कुरा आयो उनी सम्पर्कमा आएका छन् उनले भने । 

 

सात दिनदेखि बेपत्ता भएका मानन्धर सम्पर्क बिहिन भएपछि उनको परिवारले खोजीदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दर्ता गरेको थियो । भने उनको खोजी कार्य भैरहेको थियो ।

 

साथै रासमले समेत केही दिन यता रामेछाप सहित विभिन्न जिल्लामा खोजी गर्दै आइरहेको थियो । साथै उनको परिवारले बुधबार मात्रै दिपेशलाई खोजी गर्ने वा उनको बारेमा जानकारी दिनेलाई एक लाख बढि पुरस्कार दिने घोषाण गरेको थियो । 

 

यसैबीच दिपेशलाई भेटेको खबर दिने सुनिल रायमाझीले पुरस्कार स्वरुप परिवारले दिने भनेको एक लाख रुपैयाँ मसेत रायमाझीले नलिने घोषणा गरेको रासम सदस्य जय मानन्धरले जानकारी दिए ।