‘एमसीसी जस्ताको तस्तै पारित हुदैन, एसले विपक्षमा मतदान गर्छ’– केन्द्रिय सदस्य पौडेल (भिडिओ)

| फागुन १२, २०७८ बिहिबार

A A A
A A A

१२ फागुन, रामेछाप । नेपाल कम्युनिष्ट् (एकिकृत सामाजवादी एस) पार्टीका केन्द्री पोलिट्ब्यूरो सदस्य देवशंकर पौडेलले अमेरीकी सहयोग परियोजना (एमसीसी) पास नहुने बताएका छन् । एस पार्टीले एमसीसीको बिपक्षमा मतदान गर्ने उनको भनाई छ ।


रामेछाप टाइम्ससंग बिहिबार आज बिहान कुराकानी गर्दै पूर्व सभासद समेत रहेका पौडेले एमसीसी परियोजना नेपालको कानून भन्दामाथि हुने उल्लेख रहेकाले जस्ताको तस्तै पारित् गर्न नहुने आडान दोहोर्याए ।


एमसीसी आज बिहिबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा छलफल गर्ने सरकारको तयारी छ । जसअनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसले एमसीसी पारित गर्नु पर्ने भन्दै दलहरुसंग छलफललाई तिब्रता दिएका छन् ।



एकिकृत समाजवादी रामेछापका ईन्चार्ज समेत रहेका पौडेलले एमसीसीले राष्ट्रिय स्वाधिनतासंग जोडिएको विषय भएकाले संशोधनसहित पारित गर्न भने आफूहरु तयार रहेको बताएका हुन् ।