‘सरकारमा बस्नेले कि, एमसीसी पास गर्नु पर्छ कि, सरकार छोड्नु पर्छ’- कैलाश ढुङ्गेल

| फागुन १२, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१२ फागुन, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (नेकपा) एमालेका केन्द्रिय सदस्य कैलाश ढुङ्गेलले सरकारमा बस्नेत दलहरुले एमसीसी पक्षमा उभिनु पर्ने नत्र सरकार छाड्नु पर्ने बताएका छन् । उनले भने ‘सरकारमा पनि बस्ने अनि सरकारकै निर्णयको विरुद्धमा जाने यस्तो गर्न मिल्दैन । कि सरकार छाड्नु पर्छ कि पास गर्नु पर्छ ।’

 

एमाले रामेछापका ईन्चार्ज समेत रहेका ढुङ्गेलले भने ‘एमाले र म, एमसीसीको विषयमा चुप्नै बसेका छौं । घरमा अन्नाको भण्डार अनि अनिकाल लाग्यो भनेर माग्न हिड्नु मूर्खता हो । सरकारमा हुनेले भोट हाल्नु पर्छ ।' 


बिहिबार आज रामेछाप टाइम्ससँग कुराकानी गर्दै एमसीसी विगत ६÷७ वर्षदेखि अहिले सरकारमा रहेका, बाहिरा रहेकाहरुले 'ओके' गर्दै ल्याएको स्मरण गराउदै विधिगत् तरिकाले पास गर्नुको विकल्प कसैसंग छैन् भने ।'

 

बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका ढुङ्गेलले एमालेले भोटहाल्नु नपर्ने भन्दै सरकारमा रहेकाहरुले भोट हालेर एमसीसी पास गर्नु पर्ने बताएका हुन् ।

 

‘कि धामी हुनु पर्यो कि ? बोक्सी दुबै हुन पाइएन नि ! सरकारमा पनि बस्ने अनि भोट् पनि हाल्दिने भन्ने, एमसीसीमा भोट हाल्नु पर्छ, हैन भने सरकार छोड्नु पर्छ उनले दोहोर्याए ।