गेलु घटना प्रकरणः एमाले र माओवादीका आ-आफ्नै दाबी, एमाले भन्छ ‘वडा अध्यक्षको कुरा सबै झुटो हो’ (भिडिओ)

| फागुन १३, २०७८ शुक्रबार

A A A
A A A

१३ फागुन, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं। ११ गेलुमा दुई पार्टीको विवाद उत्कर्षमा पुगेको छ । जसअनुसार नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी एक अर्कालाई आरोप प्रत्यारोप र आफ्नो गल्ती ढाक्छोप गर्न तल्लीन देखिएका छन् ।

 

गत फागुन ८ गते सोमबार एमाले मन्थली नगर कमिटीले गेलुमा विस्तारित भेला तथा संगठन शुद्धीकरण अभियान चलाइरहेको बेला माओवादीबाट निर्वाचित वडा अध्यक्ष भीमबहादुर थापा मगरको नेतृत्वमा पुगेको एक टोलीसँग झगडा हुन पुगेपछि विवाद सिर्जना भएको थियो । त्यहाँ हात हालाहाल तथा ज्यान लिने र सिङ्गल–सिङ्गल भिड्नेजस्ता भनाभन् भएपछि विवाद सुरु भएको हो । घटनामा वडा अध्यक्षको गल्ती रहेको एमाले कार्यकर्ताहरूले रामेछाप टाइम्सलाई बताए ।

 

यता वडा अध्यक्ष पनि एमाले कार्यकर्ताको गल्ती रहेको बताउछन् । घटना भएको भिडिओ समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । रामेछाप टाइम्सलाई पनि भिडिओ प्राप्त भएको हो । भिडिओमा होहल्ला र हात हालहाल भएको देखिन्छ । केही अपशब्द बोलेको सुनिन्छ, तर कसले बोलेको भन्ने एकीन भन्ने स्थित देखिँदैन । 


एमाले पार्टीका कार्यकर्ताहरूले आफूलाई ¥यालीमा रहेका बेला जिस्काएको, सुसेलेको, गालीगलौज गरी अभद्र व्यवहार गरेको वडा अध्यक्ष थापा मगरले रामेछाप टाइम्सलाई बताए । उनले आफूमाथि कुटपिट भएको दावी गर्छन् । उनले आफू काम विशेषमा हिँडिरहेका बेला एक्कासी एमाले कार्यकर्ताले हातपात गर्न खोजेको रामेछाप टाइम्सलाई बताए । उनले एमालेका कार्यकर्ताहरूले वडावासीलाई समेत एमाले बन्न दबाव दिएको, नबने हातखुट्टा भाँचिदिन्छु भनेको रामेछाप टाइम्ससँग बताए । 


सोही विषयलाई माओवादी मन्थली नगर कमिटीले पनि दोहो¥याएको छ । उसले बिहीवार विज्ञप्ति जारी गर्दै वडा अध्यक्षमाथि भएको घटनामा ध्यानाकर्षण भएको भन्दै त्यस्ता अराजनीतिक गतिविधि नगर्न र दोहोरिएमा प्रतिवाद गर्ने माओवादी केन्द्र मन्थली नगर कमिटीका सचिव रामबहादुर तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । 

माओवादीको विज्ञप्ति हेर्नुहोस्

रामेछाप टाइम्सले गेलुमा एमाले र माओवादीका कार्यकर्ताबीच झडप वडा अध्यक्ष भन्छन् ‘एमाले नबने गाउँलेका हातखुट्टा भाँच्दिने धम्की दिए’ शीर्षकमा समाचार प्रकाशन गरेपछि भने रामेछाप टाइम्सलाई घटना समाचारमा उल्लेख भएजस्तो नभएको भन्दै वडा अध्यक्षले हुँदै नभएको कुरा बताएको भन्दै घटना बारे बेलीबिस्तार लगाएको जानकारीमा आयो ।


‘संगठन शुद्धीकरण अभियानमा हिँडेको बेला होहल्ला भएको हो । त्यो जिस्क्याउने नियतले भएको हैन । हामीले अपशब्द एक शब्द पनि बोलेका छैनौ । भिडिओमा सुनिएको अपशब्द उतापट्टिबाट बोलेको हो । हामी संयमित भएर बसेका थियौं । वडा अध्यक्षको भाइले जाँड खाएर मान्छे हुत्याएको छ । हामीले हातपात गर्ने खुट्टा भाँच्ने केही बोलेका छैनौं । अध्यक्षले हँुदै नभएको घटनाबारे रामेछाप टाइम्सलाई बताएछन् । त्यसमा हामी घोर भत्र्सना गर्दछौं । घटनाप्रति हाम्रो घोर आपत्ति छ । एमाले मन्थली नगर कमिटी आपत्ति प्रकट गर्दछ एमालेका नेता कृष्ण पुलामी मगरले रामेछाप टाइम्सलाई भने ।’


एमाले मन्थली नगर कमिटीले अध्यक्षको यस्तो भनाइ आएपछि आपत्ति जनायो । उक्त वडा अध्यक्षको भनाइप्रति खेद प्रकट गरेको छ । साथै यस्ता हुँदै नभएको कुराले आफूहरूमाथि आरोप लगाउन वडाअध्यक्ष जस्तो मान्छेलाई नसुहाउने भन्दै सचेत रहन भन्यो ।


घटनाबारे रामेछाप टाइम्सले विस्तृतमा बुझ्दा यस्तो पत्ता लाग्यो ।

वडा अध्यक्ष घरबाटै वडा कार्यालयको काम गर्ने, वडा कार्यालय जाँदै नजाने हैन तर, विशेष काम परे मात्रै जाने । स्रोतका अनुसार वडा माओवादी भन्दा अन्य पार्टी बनेको थाहा पाएमा वडाको सेवामा समेत कठिनाइ पार्ने स्थिति रहेको । फागुन ८ गते एमालेको कार्यक्रममा हिँडेका एमाले कार्यकर्ता हिँडिरहेको बाटोमा वडा अध्यक्ष पनि हिँडिरहेको र एमालेका सबै कार्यकर्ता हिँडिरहेको बेला एक बाइकलाई रोकेर होहल्ला गर्ने तिमीहरू अलि संयमित तरिकाले कार्यक्रम गर्नु भनेर अध्यक्षले बोलेपछि अरू कार्यकर्ता पनि सबै पुगे फर्किएर गएपछि होहल्ला सुरु भएको हो । झगडा भएको हो । झगडामा अपशब्द सहित, एकएक भिड्ने र खेल्ने । घटना बारे थप जानकारी बुझ्दै ।

भिडिओ हेर्नुहोस्


सम्पादकीय धारणा ः हामी कसैको पक्ष विपक्षमा र कसैलाई उचाल्ने, एकतर्फी समाचार लेख्ने पक्षमा कहिल्यै छैनौ, थिएनौ र हुदैनौं । विज्ञप्ति जारी भएपछि अर्को पक्षसँग के हो भनेर बुझ्दा आएका भाषा र जानकारीलाई पनि समाचारमा स्थान दिनु पत्रकारिताको धर्म हो । त्यसरी नै बुझिदिनु होला ।