रामेछापमा सुनकोशी मरिन डाइभर्सनले निर्धारण गरेको मुआब्जा अन्यापूर्ण भएको भन्दै प्रर्दशः स्थानीयले भने ‘जनता मारा आयोजना हो’ (भिडिओ)

| फागुन १४, २०७८ शनिबार

A A A
A A A

१४ फागुन, रामेछाप । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले तोकेको मुआब्जामा रामेछापमा बिरोध सुरु भएको छ । शुक्रबार विभिन्न १३ बुँदे माग राख्दै आयोनाको प्रत्यक्ष  प्रभाव तथा असरमा पर्ने स्थानीय बासिन्दाहरुले सदरमुकाम मन्थलीमा बिरोध प्रर्दशन गरेका छन् । 


मन्थलीको तत्कालिन भलुवाजोर गाविसको साविकको वडा नं २ हाल मन्थली नगरपालिका वडा नं ५ मसानटार, सेलेघाटका स्थानीहरुले जग्गा अधिग्रहण गर्ने ब्यहोरा प्रकाशित् भएको थियो । उक्त मुआब्जा आश्चर्यजनक र अन्यायपूर्ण रहेको उनीहरुको गुनासो छ । 

स्थानीयहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी दीपक पहाडीलाई १३ बुँदे माग सहित पत्र बुझाउदै सो मुआब्जालाई पुनर्मूल्याङ्कन गर्नु पर्ने बताएका छन् । 

 

त्यस्तै उनीहरुले घरबस्ती नै मासिएकाले सट्टाभर्ना गरी पाउँन, अन्यायपूर्ण मूल्य निर्धारण भएको, सम्पतिको अधिकारको रक्षा गरी पाउँन भनेका छन् । स्थानीयहरुले मुआब्जा न्याय संगत नभएको भन्दै आयोजना आफूहरुले न्याय पाउनु पर्ने माग गरेका छन् । उनीहरुले आयोजना जनता मारा भन्दै नाराबाजी गरेका थिए । 

यस्तो छ १३ बुँदे माग हेर्नुहोस् ।