गुम्देलमा वडा स्तरिय खुल्ला भलिबल प्रतियोगिता हुदै

| फागुन १४, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१४ फागुन, रामेछाप । रामेछापको गुम्देलमा वडा स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । “अनुशासन, पर्यटन प्रबर्द्धन र सामाजिक सद्भाभ’’ भन्ने मूलनाराको साथ ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्दै यही फाल्गुन २७ देखि ३० गतेसम्म हुन लागेको हो । 


जिल्लाको उमाकुण्ड गाउँपालिका १ गुम्देलमा खुल्ला अन्तरवडा स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजक रातो तारा युवा कल्बले जानकारी दिएको हो । प्रथम पुरस्कार ८० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने आयोजनक कल्बले जनाएको हो । 

 

त्यस्तै द्वतिय पुरस्कार नगद ६० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र र तृतिय पुरस्कार नगद ४० हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक कल्बका अध्यक्ष ङापेम्बा शेर्पाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

त्यस्तै सान्तवना हुने टिमले नगद २० हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् । भने उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार प्रमाणपत्र पाउने शेर्पाले बताए ।

 

तीन दिनसम्म चल्ने प्रतियोगितामा बृहत संस्कृतिक कार्यक्रमहरु समेत रहने उनले बताए ।  खेल गुम्देल वडा कार्यालयको मैदानमा खेलाईने बताइएको छ । 
 

मिलन घिमिरे
| चैत १०, २०७८ बिहिबार