चैत्र ५ देखि सुनापतिमा ‘तेस्रो अध्यक्ष कप’ भलिबल र ब्याड्मेटन् प्रतियोगिता

| फागुन १४, २०७८ शनिबार

तस्विरः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

१४ फागुन,रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा पालिका स्तरिय भलिबल तथा ब्याड्मेन्टन् प्रतियोगिता हुने भएको छ । यो प्रतियोगिता जिल्ला भित्रकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको आयोजकको भनाई छ । जिल्लाका आठवटै स्थानीय तहले सहभागिता जनाउन सक्ने प्रतियोगिता आउदो चैत्र ५ गतेदेखि ८ गतेसम्म हुने लागेको हो । 


प्रतियोगितामा भलिबलतर्फ प्रथम हुने टिमले नगद दुई लाख रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने शुक्रबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनमा बोल्दै सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिए । उनका अनुसार द्वितिय हुनेले एक लाख नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र, तृतिय हुनेले नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

 

त्यस्तै सो प्रतियोगितामा सान्त्वना हुनेले नगद २५ हजार रुपैयाँको साथमा ट्रफि र प्रमाणपत्र पाउने घिमिरेले बताए । 


त्यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजारको साथमा ट्रफि र प्रमाणपत्र पाउने जानकारी दिए । भने उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डरले नगद ५(५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउने छन् । 

त्यस्तै उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५ हजार सहित पुरस्कृत गरिने घिमिले जानकारी गराए । 


पालिकाको खेल क्षेत्रको विकासको लागि निकै महत्वका साथ हेरिएको यो प्रतियोगितामा ब्याडमिन्टनतर्फ प्रथम हुनेले नगद १५ हजार, द्वितिय हुनेले १० हजार र तृतिय हुनेले नगद ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हाँसिले गर्ने छन् । भने सान्त्वना हुनेले दुई हजार पाँच सय रुपैयाँ पाउने छन् । 

 

त्यस्तै ब्याड्मेन्टनतर्फ महिला र पुरुष दुबैलाई खेल खेलाईने घिमिरे बताए । उनका अनुसार ब्याड्मेन्टरमा पनि उत्कृष्ट हुनेले नगद एक हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी गराए । उनले यो प्रतियोगिताले पालिकाको धार्मकि, सांस्कृति र पर्यटनमा टेवा पुग्ने विश्वास् ब्यक्त गरे । 


खेलमा सहभागिता जनाउने सबै टिमलाई भत्ताको समेत व्यवस्था रहेको प्रतियोगितामा खेल अबधिमा खेलाडीलाई कुनै चोटपटक लागेमा सबै पालिकाले ब्यहोर्ने जानकारी गराइएको छ ।


खेल तालिका सार्वजनिक गर्नेको लागि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पालिका अध्यक्ष धावा लामाले खेलाडीहरुको विकास र विस्तारको लागि नमूना काम गर्ने योजना सुनाए । जसको लागि बजेट समेत प्रर्याप्त व्यवस्था गरेको उनको दाबी छ ।

 

तीन दिन चल्ने  तेस्रो अध्यक्ष कपको लागि पालिकाले कूल २० लाख रुपैयाँ खर्च लाग्ने अध्यक्ष लामाले बताए । सुनापति गाउँपालिकाले खेल क्षेत्रमा उल्लेख कदम अगाडि सारेको दाबी गरे । साथै खेललाई सफल पार्न सबैले सहयोग गर्नु पर्ने उनको आह्वन छ । 
 

मिलन घिमिरे
| चैत १०, २०७८ बिहिबार