काँग्रेस रामेछापले खाँडादेवीका दुवै मृगौला फेल भएर उपचारत श्रेष्ठलाई एक लाख ६५ हजार बढी आर्थिक सहयोग गर्यो

| फागुन २०, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१९ फागुन, रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले काँग्रेस नेता ताराराम श्रेष्ठको उपचारका लागि उठाइएको रकम हस्तान्तरण गरेको छ । 

 

नेपाली काँग्रेस रामेछापकोे खाँडादेवी गाउँपालिकाको सित्खामा सम्पन्न जिल्ला कार्य समितिको वैठकको अवसर पारेर पार्टीका सदस्यहरुबाट उठेको एक लाख ६५ हजार ५ सय २५ रुपैया पार्टी सभापति पूर्णबहादुर (कान्छाराम ) तामाङ्गले ताराराम श्रेष्ठका आफन्तलाई बिहिबार हस्तान्तरण गरेका हुन् । उक्त रकम संकलनका लागि यस अगाडिको जिल्ला कार्य समितिको बैठकले पार्टीका सह-सचिव धु्रव चौंलागाईंलाई जिम्मेवारी दिएको थियो । 

 

पार्टीले आफुलाई दिएको जिम्मेवारी अनुसार जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु एवं महाधिवेशन प्रतिनिधि र काँग्रेस नेताहरुबाट उठेको रकम दुवै मृगौला फेल भएर भारतमा उपचार गराइरहेका काँग्रेस नेता श्रेष्ठका आफन्तलाई हस्तान्तरण गरिएको नेपाली काँग्रेस रामेछापका सह-सचिव ध्रुव चौंलागाईंले बताए ।

 

खाँडादेवी ५ रामेछापका श्रेष्ठको उपचारका लागि उठेको रकम सोहि वडाका काँग्रेस इकाइ सभापति विराज श्रेष्ठ र सचिव विनोद मोक्तान मार्फत हस्तान्तरण गरिएको थियो ।