‘आगामी निर्वाचनमा महिला सहभागिता बढाउनु पर्छ’–नेतृ पाण्डे

| फागुन २०, २०७८ शुक्रबार

तस्विर प्रकाश कार्की ।
A A A
A A A

२० फागुन,रामेछाप । नेकपा एमालेकी केन्द्रीय स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले नेपाली राजनीतिलाई परिचालन गर्न महिलाको विभिन्न काल खण्डमा उल्लेखिए योगदान रहेको बताएकी छन् । आउदो निर्वाचनमा महिलाहरुलाई सक्रिय सहभागिता जनाउन र देश विकासमा भूमिका खेल्न सबै महिलाहरुलाई उनले आह्वन गरिन् ।

 

अखिल नेपाल महिला संघ रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको एक दिने बृहत् भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ पाण्डेले नेकपा एमाले निर्माण लागि महिलाहरुको योगदान महत्पूर्ण रहेको बताएकी हुन् । महिलाहरु पनि देशको लागि योगदान गर्न सक्षम रहेको दाबी गर्दै नेतृ पाण्डेले आउदो निर्वाचनमा महिलाको सहभागिता बढाउनु पर्नेमा जोड् दिइन् । 

 

विभिन्न राजनीतिक काल खण्डमा महिलाहरुले योगदान गरेको भन्दै पार्टीमा सक्रिय भूमिकामा महिलाहरु पनि स्थान पाउनू पर्ने आफूहरुको सधै लडाई रहेको र लागि परि रहने जिकिर गरिन् । उनले देशमा महिलाहरुलाई लिङ्गकै आधारमा विभिन्न विभेद हुने गरेको उल्लेख गर्दै नेपाली महिला आन्दोलनको ईतिहास, एमाले पार्टी निर्माणमा महिलाको भूमिका, आगामी दिनमा देश निर्माणमा महिलाको भूमिका बारेमा महिलाहरुलाई सचेत गराएकी थिइन् ।

 

महिला अनेमसंघले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठ, केन्द्रीय सदस्य गीता कार्की, प्रदेश सदस्य शान्तिप्रसाद पौडेल लगाएका नेताहरुले बोलेका थिए ।