तामाकोशी नदीमा आजदेखि दैनिक दुई वटा र्याफ्टिङ् चल्ने

| फागुन २१, २०७८ शनिबार

तस्विर विगतको वर्षमा संचालन हुदाँको । स्रोतः जय मानन्धर ।
A A A
A A A

२१ फागुन, रामेछाप । मन्थली स्थित् तामाकोशी नदीमा आजदेखि र्याफ्टिङ् सेवा पुःन सुचारु हुने भएको छ ।

 

यस अगाडि पनि केही समय संचालन भएको र्याफ्टिङ् सेवा आज शनिबार देखि औपचारिक रुपमा दैनिक संचालन हुन लागेको संचालक एवं नेपाल रिभर रनरका जिल्ला संयोजक सुमन खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार अब दैनिक रुपमा र्याफ्टिङ संचालन हुने छ । 

 

तत्कालको लागि हाल्दे बेसीदेखि आकाशे पुल मूनीसम्म आएर फर्कीने गरि सेवा सुचारु हुने छ । विगतमा पनि आफूहरुले महोत्सवको अवसर पारेर संचालन गरेको र्याफ्टिङ आन्तरिक पर्यटकहरुले निकै रुचाएकाले फेरी पनि सेवा सुचारु गर्न लागेको खड्काले बताए । 

 

मन्थली स्थित तामाकोशी नदीमा र्याफ्टिङ सेवा निकै फस्टाउने दाबी धेरैको छ । ‘दुई वटा बोट ल्याएका छौं । एक पटकमा १०–१० जना सम्म सवार गर्न सकिन्छ । हामी अब दैनिक संचालन गर्ने उद्देश्यलेनै  र्याफ्टिङ् ल्याएका हौं खड्काले रामेछाप टाइम्ससंग भने ।’ 

 

उनका अनुसार नेपाल रिभर रनर र सेन्ड फ्लाइ टुर्स एण्ड ट्राभलले संयुक्त रुपमा सेवा दिन लागेको हो ।