‘देशको आर्थिक क्षेत्र चलाएमान बनाउन निजी क्षेत्रको भूमिका प्रशंसनिय छ,अझ बढाउनु पर्छ’–नगरप्रमुख बस्नेत (भिडिओ)

| फागुन २१, २०७८ शनिबार

A A A
A A A

२१ फागुन, रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बस्नेतले निजी क्षेत्रले देशको आर्थिक क्षेत्र चलाएमान बनाउन खेलेको भूमिका प्रशंसनिय रहेको बताएका छन् । देशभित्र खपत हुने खाद्यन्न लगाएतका वस्तु उत्पादन गर्नु पर्नेमा उनको जोड् छ ।


 
रामेछाप उद्योग वाणिज्य संघको दोस्रो स्थापना दिवस एवं २९ औं वार्षिक सभालाई सम्बोधन गर्दै शनिबार आज बस्नेतले ‘कुटिर उद्योग, कृषि र पशुपालनलाई बढाउनु पर्छ । खानेतेलको मूल्य तीन सय रुपैयाँ भन्दा बढि पुगेको छ । भारी मूल्य वृद्धि भएको छ । शेरमार्केट घटेको छ । हामी उत्पादन गर्दैनौं, बिदेशमा सानो समस्या हुने बित्तिकै हाम्रो देशमा सामानको हाहाकार हुने गर्दछ । त्यसैले हामी अब उत्पानसंग जोडिनु पर्छ । उद्योगी व्यवसायी बन्नु पर्छ । हामी मन्थली बजारलाई नयाँ र जिवनत बनाउन लाग्नु पर्छ । ठूला ठूला महत्सवहरुलाई आयोजना गर्न सक्नु पर्छ भने ।’


उनले युक्रेन र रुसको युद्दको प्रभावले तेलको मूल्य चर्को रुपमा बढेको प्रशंग उल्लेख गर्दै बिदेशी देशको मूख ताकेर बस्दा सस्तो वस्तु तथा सेवा पाउन नसकिने बताए । कुटिर उद्योगहरुको विकास र विस्तार गर्नु आजको आवश्यकता रहेको उनको भनाई छ।


  
नगरप्रमुख बस्नेतले मन्थली बजारलाई विस्तार गर्नु पर्ने र व्यवस्थित बाउनु पर्नेमा सबैको ध्यानाकर्षण गरे । उनले सदरमुकामको बजार सानो भएको, सडक सानो भएको,  देवकोटाचोक देखि कटहरको बोटसम्म मात्रै बजार हुने अवस्थालाई परिवर्तन गर्नु पर्छ भने । 

 

उनले मन्थली आकाशे क्षेत्रको बजार वर्खायाम लागेपछि डर र त्रसमय बन्ने गरेको भन्दै त्यस तर्फ पनि सचेत गराए । कोरोना महामारीले मेला महोत्सव आयोजना गर्न नसकेको तर्क गर्दै बस्नेतले तत्कालिन अवस्थामा कोरोना संक्रमण घटेको भन्दै त्यस्ता गतिविधि अगाडि बढाउन निजी क्षेत्रलाई आग्रह गरे ।