रामेछाप उद्योग वाणिज्य संघले यसरी मनायो २९ औं स्थापना दिवस (फोटोफिचर)

| फागुन २१, २०७८ शनिबार

तस्विरः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२१ फागुन, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ रामेछापले आफ्नो दोस्रो स्थापना दिवस एवं २९ औं वर्षिक कार्यक्रम मनाएको छ । शनिबार आज सदरमुकाम मन्थली स्थित आफ्नै सचिवालयमा एक कार्यक्रममाबीच संघले आफ्नो स्थापना दिवस मनाएको हो । 

 

स्थापना दिवसको पूर्व सन्ध्यामा मन्थली बजार सरसफाई सहितको कार्यक्रम गरेको संघले एक कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना कालदेखि हालसम्म संस्थाको विकास र उन्नतीको लागि काम गर्ने विभिन्न व्यक्ति, पूर्वअध्यक्ष,पदाधिकारी, कर्मचारीहरुलाई सम्मान गर्दै आफ्नो २९ औं वर्ष गाँठ मनाएको हो । 

 

२०४९ साल फागुन २१ गते आजकै दिन ११ जनाको सक्रियतामा संचालनमा ल्याइएको संघले हाल जिल्लाका १३ सय ६० जना सदस्य रहेका छन् । 

 

कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले संघले जिल्लाका व्यवसायीहरुको हितमा काम गर्दै आएको र आगामी दिनमा यसको दायर बढाउनु पर्ने सुझाव दिए । उनले निजी क्षेत्रलाई चलायमान बनाउन संघको भूमिका प्रशंसनिय रहेको बताए । 

 

त्यस्तै प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले संघले स्थापना कालदेखि हाल सम्म गरेको प्रगती निकै लोभलाग्दो रहेको भन्दै परिस्थिति र समय अनुकुल बनाउदै लैजान आग्रह गरे । उनले जिल्लामा निजी क्षेत्रका व्यवसायीहरुलाई संघले विभिन्न तालिम, सहजिकरण गरेर व्यवसाययमा लाग्न प्रेरित गर्न सक्नु पर्नेमा जोड् दिए । 

 

त्यस्तै संघका अध्यक्ष केशव घिमिरेले संघले जिल्लामा निजी क्षेत्रलाई स्थानीय सरकारसंग समन्वय गरेर काम गर्दै आएको सुनाउदै आगामी दिनमा स्थानीय सरकारले व्यापार व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष घिमिरेले कोरोना महामारीले व्यापारीहरुमा ठूलो असर पारेको भन्दै राज्यले निजी क्षेत्रलाई गर्दै आएको व्यवाहरमा थप सहजिकरण गर्नु पर्नेमा जोड् दिए । 
तस्विरहरु हेर्नुहोस्