‘भोट लिस्टमा नाम भएर पनि भोट हाल्न नआउनेहरुको सेवा कटौती गर्नु पर्छ’–सभापति ‘कान्छाराम’

| फागुन २२, २०७८ आइतबार

A A A
A A A

२२ फागुन,रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्नबहादुर तामाङ् 'कान्छाराम' ले भोट हाल्न रामेछाप नआउने जनतालाई जिल्लाको नागरिकको हकमा प्रदान गर्ने सेवा सुविधा कटौती गर्नु पर्ने बताएका छन् । उनले ‘हामीले आउदो चुनावमा भोटहाल्न काठमाडौंबाट नआउने साथिहरुको सेवा कटौती गर्नु पर्ने व्यवस्था गरौं । भोट लिस्टमा नाम छ । मतदाता नामावली छ तर, भोट हाल्न आउदैन भने त्यस्ता जनताको सेवा कटौती गरौं । रामेछापमा भोट लिस्टा नाम भएकाहरुलाई मात्रै सेवा दिनु पर्छ भने ।’ 

शनिबार उमाकुण्ड–काठमाडौं सम्पर्क समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै आफू कांग्रेसलाई जिताउन घर परिवारलाई पर राखेर दिन रात लागि परेको बताए । सभापति पद एक जनाको मात्रै नभएको भन्दै सबै मिलेर कांग्रेसलाई यो चुवानमा जसरी पनि जिताउन लाग्नु पर्ने जोड् दिए । ‘भोट हाल्न जिल्लामा आउनै पर्ने उनको तर्क छ ।  

 

सभापति तामाङ्ले कांग्रेस चुनावी माहोलमा तातेको भन्दै आफूआएछि करिब १५ सय जना रामेछापेली जनता विभिन्न वडाबाट कांग्रेसमा प्रवेश गरेको बताए । अजै विभिन्न पार्टीका सक्रिय सदस्य,शिर्ष ब्यक्तिहरुनै पार्टी प्रवेश गर्न तयारी भैरहेको उनले जानकारी गराए । 

 

त्यस्तै उनले नेता नारायणबहादुर खड्कालाई कानुनी सल्लाहाकारमा राख्ने जानकारी गराए । उनले रामेछापको उमाकुण्डमा सबै भन्दा बढी बेरुजु सूचीमा रहेको भन्दै भ्रष्टचारमा लिप्त भएको बताए । उनले उमाकुण्ड गाउँपालिकाको नेतृत्व कर्ताहरुले पालिका संचलानमा असफल भएको दाबी गरे । 

 

उनले भ्रष्टचारलाई अब कुनै ठाउँ नरहेको भन्दै उनले यस्ता गतिविधि विरुद्ध आन्दोलन् गर्ने बताए ।