मन्थली एर्पोट् पारी सडकबाट तामाकोशी नदीमा ट्याक्टर खस्योः चालक बेपत्ता, सहचालक गम्भीर घाइते

| फागुन २२, २०७८ आइतबार

तस्विर स्रोत होम खड्का ।
A A A
A A A

२२ फागुन, रामेछाप । रामेछापको मन्थली एर्पोट पारीको सडकबाट ट्याक्टर तामाकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् । भने सहचालक घाइते भएका छन् । 

 

आज आइतबार सशस्त्र प्रहरी कार्यालयको सिधा पारी मन्थली नगरपालिका वडा नं १ स्थित् सडकबाट ट्याक्टर तामाकोशी नदीमा खसेको प्रत्यक्ष दर्शीले बताएका छन् । 

 

ट्याक्टर पल्टिएर तामाकोशी नदीमा खसेको र सो ट्याक्टरले चालकलाई थिचेको छकि भनेर शंका लागेर मन्थली नगरपालिकाको जेसीबी लगेर ट्याक्टर नदीबाट निकालेको तर चालक नभेटिएको मन्थली नगरपालिकाका इन्जिनियर होम खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार सहचालक भने गम्भीर घाइते भएका छन् ।

 

उनको पहिचान खुलेको छैन् । नदीमा खसेको ट्याक्टर स्थानीय र सशस्त्र प्रहरी, जिल्ला प्रहरीको टिलीले नदीबाट निकालेका छन् । 

 

बेपत्ता चालकको खोजी कार्या जारी छ । दुर्घटना केकारणले भयो भन्ने खुल्न सकेको छैन् । 

तस्विरहरु हेर्नुहोस्