ट्याक्टर दुर्घटना अपडेटः घाइते रमेश माझीको मन्थली अस्पतालमा उपचार हुदै, बेपत्ता सरोज माझीको खोजी हुदै

| फागुन २२, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२२ फागुन, रामेछाप । तामाकोशी नदीमा ट्याक्टर दुर्घटनामा परेका दुबै जनाको परिचय खुलेको छ । 

 

आज दिउँसो १२ बजेको समयमा मध्य पाहारी लोकमार्गको अन्तर्गत आकाशे एर्पोट नजिकैको सडकबाट तामाकोशी नदीमा  ज १ त ८३१८ नम्बरको दुर्घटनामा परि नदीमा खसेको थियो ।

 

सो ट्याक्टर दुर्घटनामा खाँडादेवी गाउँपालिका वडा ४ रजगाउँ बस्ने १९ वर्षीय ट्याक्टरका सहचालक रमेश माझी घाइते भएका छन् । उनको निधारमा चोट लागेको छ । घाइते माझीको मन्थली अस्पतालमा उपचार जारी छ । 

 


त्यस्तै चालक मन्थली नगरपालिका वडा नं करमबोटका २२ वर्षीय सरोज माझी भने बेपत्ता भएका छन् । उनको खोजी कार्या भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।