हिन्दू दर्शन र शिक्षा

| फागुन २४, २०७८ मंगलबार

कविता खत्री,सानोठिमी क्याम्पसमा अध्ययनरत  स्नातकोत्तर तह (गणित संकाय)
A A A
A A A

हिन्दू धर्मको इतिहास अति प्राचीन छ । यस धर्मलाई वेदकाल भन्दा पनि पुर्वको मानिन्छ । किनकि वैदिक काल र वेदहरुको रचनाको काल अलग अलग मानिन्छ । हिन्दू धर्मको अर्थ ज्ञान र शिक्षा हो त्यही ज्ञानलाई आज विज्ञानमा जोड्न सके सुनमा सुगन्ध फैलन्थ्यो । हिन्दु दर्शनका पुस्तक ज्ञानका ठेलिमा अपार अथाह ज्ञानको सागर छ । जसको अध्ययन गरेर मान्छेले एउटा जीवनमा सबै कुराको पुष्टि गर्न सक्दैन । केवल एक–दुईवटा विषयको अध्ययनले यो दर्शन अधुरो छ । 

 

संसारको सृष्टि भनौ या सिंगो ब्रमाण्ड चलाउने शक्तिलाई हिन्दू धर्मले अध्ययन गरेको देखिन्छ । सबैलाई समान देख्ने , सबैलाई सम्मान गर्ने सिद्धान्त हिन्दू आचरणभित्र छ । पृथ्वी, जल, वायु , आकाश, सूर्य र चन्द्र प्रत्यक्ष देख्ने वा अनुभव गरिने शक्तिलाई यसले सिकाएको छ । यो यस्तो मान्यतामा जीवन्त छ,जसले वेदसँग सम्बन्ध राख्छ । यसर्थ यसलाई वैदिक धर्म पनि भनिन्छ ।

युग, वस्तु वा प्राणीलाई हिन्दू धर्मले छुट्टाछुट्टै स्थान दिएको छ । यो ठाउँ गलत, यो प्राणी गलत, यो वस्तु गलत, यो समय गलत भनिएको छैन । यसले सबै प्राणीको मूल्य आत्मामय मानेको छ । यो पुरानो धर्म परम्परा भएकोले यसलाई सनातन धर्म भनिन्छ

 

त्रेता युगमा राम, द्वापर युगमा श्री कृष्ण, कली युगमा कल्की अवतार हुने कुरालाई हेर्दा भगवान जन्मन्छन् भन्ने कुरा बुझिन्छ । तर भगवान् शिवजीको जन्मले भगवान् यात् शक्तिको समेत जन्मने कुरा बुझिन्छ ।

प्रकृतिले प्रदान गरेको सम्पूर्ण शक्ति, युग, वस्तु वा प्राणीलाई हिन्दू धर्मले छुट्टाछुट्टै स्थान दिएको छ । यो ठाउँ गलत, यो प्राणी गलत, यो वस्तु गलत, यो समय गलत भनिएको छैन । यसले सबै प्राणीको मूल्य आत्मामय मानेको छ । यो पुरानो धर्म परम्परा भएकोले यसलाई सनातन धर्म भनिन्छ ।


परम्परा विनाको समाज असम्भव छ । त्यही समाज या समुदाय मिलेर प्रत्येक राष्ट्र निर्माण भएको छ । हिन्दु धर्मबाट प्रेरित भएर परम्पराले जग बसालेको छ भनेर बुझ्न सकिन्छ । ज्ञान र शिक्षा का लागि अथर्ववेद, ऋग्वेद, सामवेद,यजुर्वेद लेखिएको छ ।

 

धर्म नै वेद र वेदलाई विज्ञान मानिन्छ । पौराणीक कथा अनुसार सबैभन्दा विद्वान ऋषिका नाती रावण राज अथवा लंकेश्वरले उसैबेला पुष्पक विमान उडाएका थिए जसलाई आज हामी विज्ञानको आविष्कारका रुपमा रहेछ भनेर बुझ्न सक्छौ ।

 

त्यसैको पुनः डिजाइन बोईङ हुनुपर्छ । तत्पश्चात सिक्कर बापुजी तल्पडेले सन् १८९५ मा आकाशमा पहिलो जहाज उडाए । धार्मिक महाभारत अनुसार हाम्रो सृष्टिकर्ता ब्रह्माद्वारा सृजना गरिएको ब्रह्म शास्त्र कुरुक्षेत्रको विशाल युद्धमा पाण्डव तथा कौरवद्वारा चलाइएको थियो । त्यही ब्रह्मशास्त्रलाई आजको वर्तमान कालमा परमाणु हतियार बनाइयो ।

 

त्यसैगरी महाभारतका सञ्जयले महाभारतको कथा वर्णन गरि धृतराष्टलाई बताउनुको अर्थ आज भोलीको लाइभ टेलिकास्टको विकास हो भन्न सकिन्छ ।


आजको युगमा जति पनि विकास भएका छन् तिनले हिजोको इतिहासलाई व्यवहारिकता दिइरहेका छन् । आज ज्ञान विज्ञानले त्यसको प्रयोग गर्ने अवसर पाएको हो भन्न सकिन्छ । 
हिन्दू धर्म आजभन्दा ९० हजार वर्ष अगाडि भएको पाइन्छ । रामायण, महाभारत र पुराणहरुमा सुर्यवंशी र चन्द्रवंशी राजाहरु को वंश परम्पराको उल्लेख छ । 

 

संख्याको हिसाबले यो विश्वको तेस्रो ठुलो धर्म हो । हाल विश्वमा हिन्दु धर्म मान्ने मानिसहरू १ खर्ब ५ अर्ब भन्दा बढी भैसकेका छन् । जसमध्ये ९६ प्रतिशत दक्षिण एसियामा छन् । 

 

हिन्दू शास्त्रलाई श्रुति र स्मृति दुई भागमा बाडिएको छ । श्रुति भनेको वेद हो जसमा हिन्दुहरुको धर्म ग्रन्थ हुन्छ । स्मृति अन्तर्गत इतिहास, पुराण, रामायण, महाभारत तथा विभिन्न स्मृतिहरु पर्दछन् । वेदको सार उपनिषद् हो भने उपनिषद्को सार गीता हो ।

हिन्दु दर्शनको भनाइमा विद्यार्थीले २५ वर्षको उमेरमा आफ्नो शिक्षा समापन गरि फर्किने सस्ंकारलाई समावर्तन सस्ंकार भनिन्छ । शिक्षा आर्जन गरिसकेपछि गृहस्थ जीवनमा त्यस शिक्षालाई राम्रोसँग प्रयोग गर्न सकोस् गुरुले शिष्यलाई उपदेश दिइन्थ्यो । यो उपदेश दिने पद्धति अहिले ‘दिक्षान्त भाषण’ का रुपमा लिन सकिन्छ । 

हिन्दू दर्शनमा मुक्ति प्राप्त गर्नु , समाजको आध्यात्मिक रुपान्तरण जीवन का लक्ष्य प्राप्त गर्नु , सामाजिक दायित्व पुरा गर्नु , दुःख बाट छुटकारा पाउनु


हिन्दु दर्शनमा आमालाई ‘देवता’ सरह मान, बाबुलाई ‘देवता’ सरह मान, गुरुलाई ‘देवता’ सरह मान पाहुनालाई ‘देवता’ सरह मान ,जुनजुन अदुषित कर्म छन् ती कर्म गर र दुषित कर्म नगर , जुनजुन हाम्रो असल आचरणहरु छन् ती गर, अरु नगर भनिएको छ र हामी आज त्यही दर्शनमा टेकिरहेका छौ जीवन को तेस्रो र चौथो प्रहारमा पुण्य आर्जन गर्ने ब्रह्म ज्ञान प्राप्त गर्ने , सांसारिक बन्धनबाट मुक्त प्राप्त गर्ने बाटो अवलम्बन गर्ने निर्देशन हिन्दु शास्त्रले दिएको पाइन्छ । 


हिन्दू दर्शनमा मुक्ति प्राप्त गर्नु , समाजको आध्यात्मिक रुपान्तरण जीवन का लक्ष्य प्राप्त गर्नु , सामाजिक दायित्व पुरा गर्नु , दुःख बाट छुटकारा पाउनु, पञ्चकोषको यात्रा पुरा गर्नु , सरल र पवित्र जीवन जिउन सिकाउनु , सत्चरित्र को निर्माण गर्नु , राष्ट्रियता को भावना जगाउनु र देशभक्ति को विकास गर्नु , विश्व भातृत्वको प्रेरणा दिनु जस्ता कुराहरू उल्लेख गरिएका छन् ।

जुनी मान्नधर
| फागुन २६, २०८१ सोमबार
कन्चन कार्की
| फागुन १४, २०८१ बुधबार
अनुपम बम ठकुरी ‘सुदूर साहेब’
| माघ ३०, २०८१ बुधबार
कन्चन कार्की
| पुस ३, २०८१ बुधबार