एमालेमा चरम व्यक्तिवादी स्वेच्छाचारिता बढेको भन्दै झम्क कंडेलद्वरा एमाले परित्याग, एसमा प्रवेश (विज्ञप्तिसहित)

| फागुन २५, २०७८ बुधबार

A A A
A A A

२५ फागुन, रामेछाप । नेकपा एमाले रामेछापका शिर्ष नेता एमाले परित्याग गर्दै (एकिकृत समाजवादी एस) प्रवेश गरेका छन् । बुधबार आज एक प्रेस विज्ञप्ति जारी गर्दै तीन दशक लामो एमालेभित्रको राजनीति अन्त्य गरेको जनाएका छन् । 

 

उनले ‘एमाले पार्टीमा नेतृत्व चरम व्यक्तिवादी स्वेच्छाचारिता, गुटगत सङ्कीर्णता, अदूरदर्शी र अपारदर्शी क्रियाकलाप, भद्धा, विलासी र नवधनाढ्य जीवनशैली, कर्पोरेट हाउसहरुसँगको साँठगाँठले गर्दा सबल र सुदृढ एकताबद्ध पार्टीमा विभाजन आई सिङ्गो कम्युनिष्ट आन्दोलन र मुलुकले क्षति व्यहोर्नुपरेको यथार्थ सबैसामू स्पष्ट नै रहेको छ’ भनेका छन् । 

 

पार्टी भित्र विकृति बढेपछि परित्याग गरेको उनको भनाई छ । यसअगाडि उनले पार्टीमा पार्टीबाट अलग हुने निर्णय गरी सम्बन्धित कमिटीमा राजीनामा पत्र पेश गरेकोमा त्यसको कुनै सम्बोधन नभई बेवास्ता समेत गरिएको उल्लेख गरेका छन् । 

 

कंडेलले एमाले पार्टीको मूल नेतृत्व र त्यसको गलत प्रवृत्तिलाई सच्याउन नसकेको स्वीकार गर्दै आफू त्यसबाट अलग भएको घोषणा गरेका हुन् । उनी गत जिल्ला अधिवेशनमा एमाले रामेछापको अध्यक्षको उम्मेद्वर समेत बनेका थिए । 

प्रेस विज्ञप्ति