महिलामाथि हुने सबै खाले हिंसा बिरुद्ध मन्थली नगर कठोर बन्छ-नगरप्रमुख बस्नेत

| फागुन २५, २०७८ बुधबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A


२५ फागुन, रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले महिलामाथि हुने सबै खाले हिंसालाई पूर्ण रुपमा रोक्न मन्थली नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् । उनले ब्यवाहरमा लैङ्गिक हिंसा, लैङ्गिक हिंसाभित्र पनि महिला हिंसा बढी रहेको भन्दै संविधान र कानूनले व्यवस्था गरे अनुसार महिला माथि हुने कुनै पनि हिंसा पूर्ण रुपमा रोक्नु पर्नेमा जोड् दिए ।

 

अन्तराष्ट्रिय नारी÷महिला दिवसको सन्दर्भमा आज बुधबार नगरको कार्यालयमा विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन् । प्रमुख बस्नेतले समाजमा हुने सबै खाले हिंसा पूर्णरुपमा अन्त्य गर्नु पर्छ भने । 


उनले मन्थली नगरपालिका संघीय,प्रदेश,स्थानीय र जिल्ला तहका प्रतिनिधि रहने प्रमुख थलो रहेको भन्दै जिल्लाभित्र हुने सबै खाले हिंसाबारे को–को ले के–के गर्नु पर्नेछ भनेर आमा दिदीबहिनीहरु संग बसेर छलफल गरि निचोड्मा पुग्नु पर्ने बताए । हिंसा रोक्न अभिना संचालन गर्नु पर्ने उनको भनाई छ । बस्नेतले सबै ठाउँमा महिला सहभागिता बढाउनु पर्छ भने । 

 

उनले नगरपालिका महिलामाथि हुने कुनै पनि हिंसाको बिरुद्ध रहेको जिकिर गर्दै हिंसा सहेर बस्ने बानी हटाउन आग्रह गरे । 

तस्विरहरु  हेर्नुहोस्