मन्थली नगरपालिकामा दुई दिने सहकारी संस्थाहरुलाई जोखिम कर्जा तथा क्षमता विकास तालिम सुरु

| फागुन २६, २०७८ बिहिबार

A A A
A A A

२६ फागुन, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आज बिहिबारदेखि नगरभित्र संचालनमा रहेका सहकारी संस्थाहरुलाई जोखिम कर्जा तथा क्षमता विकास तालिका सुरु गरेको छ । दुई दिन चल्ने उक्त तालिममा नगरभित्र संचालनमा रहेका सहकारीहरुलाई व्यवस्थित् तरिकाले संचलान् गर्न प्रसिक्षण दिइने छ ।

 

नगरभित्र ११२ वटा सहकारी संस्थाहरु रेहको मन्थली नगरपालिकासंग तथ्याङ्क छ । जसमा गत वर्ष ५३ वटा सहकारीहरु अध्यावधिक भएका थिए भने चालू आर्थिक वर्षमा ७० देखि ८० वटा सहकारीहरु अध्यावधिक भएका थ्याङ्कले देखाउछ । रामेछाप जिल्ला सहकारीका अनुसार जिल्लामा कूल ४०३ वट सहकारी रहेको तथ्याङ्क छ । 


जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाभित्र विभिन्न वडाहरुमा सहकारीहरु खुल्ने क्रम बढ्दो छ । तर, यी सहकारीहरु धेरै जसोले सेवाको नाममा आमजनताको रकम असूल्न गरेको गुनासो छ । सोही समस्यालाई ध्यानमा राख्दै नगरपालिकाले सहकारीहरुलाई ‘मार्ज’ प्रक्रियामा लैजाने अबधारणासहित व्यवस्थित तरिकाले संचालन गर्न प्रशिक्षण थालेको हो । जनताले दुःख गरेर कमाएको पैसा आवश्यक परेको बेला जुनसुकै समयमा चालन पाउने, सस्तो ब्याजमा ऋण दिन उद्देश्यले सहकारीहरु खुल्ने र उद्देश्य बमोजिमको काम नगर्दा स्थानीयहरुले सास्ति खेप्न बाध्य छन् । करिब ४० वटा सहकारीहरु सहभागी उक्त तालिममा सहकारी विज्ञ दीपक बस्नेतले सहजिकरण गर्दै छन् । 


तालिमको उद्घाटन गर्दै नगरप्रमुख रमेशकुमार बस्नेलते झोले सहकारी संस्थाहरुलाई कारबाही गर्ने बताएका छन् । साथै उनले सहकारीहरुले उद्देश्य बमोजिकको नगरेको भन्दै त्यस्ता सहकारीहरु कारबाहीको दायरामा ल्याउन चेतावनी दिए । उनले जनताहरुले उत्पादनशित क्षेत्रमा लगानी गर्नु पर्ने भन्दै घर, गाडीमा लगानी पर्ने पैसा कृषि, पशुपालन लगाएत उत्पानशिल् क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाए । 


तालिम कुनै पनि आरोप प्रत्यारोप नहोस् भन्ने उद्देश्यले नगरको हलमा नराखेर फ्रिडम रोसोर्टमा आयोजना गरेको मन्थली नगरपालिकाका योजना शाखा प्रमुख उज्वल पोखरेलले जानकारी दिए ।