रामेछापका स्थानीय तहको अवस्था बारे बुझ्न विभिन्न संस्थाले गरे ‘पुनरुत्थानशिलता विश्लेशण तथा जीविकोपार्जन सम्बन्धि अध्ययन्’

| फागुन २७, २०७८ शुक्रबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२७ फागुन, रामेछाप । रामेछापमा‘पुनरुत्थानशिलता विश्लेशण तथा जीविकोपार्जन सम्बन्धि’ एक दिने विस्तृत अध्ययन कार्यशाला गोष्टी समापन् भएको छ । बागमती प्रदेश अन्तर्गत १३ वटै जिल्लामा हुने उक्त कार्यक्रम छैठौं जिल्लाको रुपमा रामेछापमा बुधबार सम्मपन्न भएको हो । 

 

जिल्लाका आठवटै स्थानीय तहहरुका प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यशाला गोष्टिमा आ–आफ्नो स्थानीय तहको तत्कालिनअवस्थाहरुको बारेमा सहभागी प्रतिनिधिहरुले अध्ययन तथा विशलेषण गरेर प्रतिबेदन् बुझाएका छन् । 

प्रतिनिधिहरुले पालिका तथा नगरपालिकाभित्र रहेका मानिसको पारिवारीक, भौतिक, शैक्षिक, लैङ्गिक,भाषिक, जातिक,आर्थिक सहित उक्त गाउँ,टोल्, बजार, त्यहाँको सडक पुगे–नपुगेको, लगाएको विस्तृत छलफल गरिएको थियो । 

जिल्ला समन्वय समितिको सभाहलमा भएको उक्त कार्यक्रम विपन्न परिवारहरुको अवस्थालाई मध्यनजर राखेर छलफल गरिएको थियो । सो अध्ययन् प्रतिवेदनले जिल्लाको समग्र पालिकाको अस्थाको बारेमा गहिराइमा गएर बुझ्न सक्ने अध्ययनको उद्देश्य रहेको पाइएको छ । संयुक्त राष्ट्र संघ विश्व खाद्या कार्यक्रम सहित संघीय सरकार प्रदेश सरकार मातहतका निकायले कार्यक्रम संयुक्त रुपमा गरेका हुन् । 

 

स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत,लेखापाल, रेड्क्रस लगाएको सहभागिता गोष्टिमा रहेको थियो ।