सालुमा वडा कार्यालय र नेपाल विधुत् प्राधिकारणको कार्यालयमा तोड्फोड्

| फागुन २७, २०७८ शुक्रबार

सांकेतिक तस्विर ।
A A A
A A A

२७ फागुन, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ४ सालु र नेपाल विधुत् प्राधिकारण केन्द्रको कार्यालयमा तोड्फोड् भएको छ। 

 

गत बुधबार रातिको समयमा नगरपालिकाको वडा नं ४ सालु स्थित वडा कार्यालय र प्राधिकारणको युनिट कार्यालयको दराज र ढोका फोरिएको अवस्था रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । साथै सालुका स्थानीयहरुको घरहरु समेत चोरी भएका छन ।  'चोरी पनि भएको छ भने वडा र प्राधिकारणको कार्यालमा तोड्फोड् भएको छ सूचना अधिकारी श्रीशंकर श्रेष्ठले भने ।'

 

कसले र किन तोड्फोड् गरिएको भन्ने खुल्न सकेको छैन् । जिल्लाका स्थानीय हतहरुमा चोरी तोड्फोड् गर्नेहरुको बिगबिगी बढेको छ।

 

बिहिबार पनि गोकुलगंगाको बेतालीमा चोरी भएको थियो । घटनाबारे अनुसन्धान् सुरु भएको श्रेष्ठले  रामेछाप टाइम्ससंग बताए ।