सालुमा ५ घरबाट ९ तोला सुन,४ लाख ६५ हजार रुपैयाँ चोरी

| फागुन २७, २०७८ शुक्रबार

संकेतिक तस्विर ।
A A A
A A A

२७ फागुन,रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ४ सालुमा ५ घरबाटा ९ तोला सुन चोरी भएको छ । स्थानीय हरिबहादुर थापा,कृष्ण बहादुर पाण्डे,हरिकृष्ण काफ्ले र चित्रबहादुर पाण्डेको घरबाट सो सुनसहित नगद चोरी भएको हो।

 

गत बुधबार सो सुनसहित सदरमुकाम समेत रहेको मन्थली नगरपालिका ४ सालुका स्थानीयहरुको घरबाट नगद ४ लाख ६५ हजार रुपैयाँ समेत चोरी भएको जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ।

 

सुनसहित चोरी भएको घटनामा कूल १३÷१४ लाख बराबरको क्षेती भएको अनुसन्धानबाट खुलेको रामेछाप प्रहरीका सूचना प्रहरी निरिक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनले चोरी कसले गरेको भन्नेबारे खुल्न नसकेको बताए । साथै घटनाबारे अनुसन्धार भैरहेको उनले बताए  ।
 

चोरीका भएका सुन र पैसा कसको घरबाट कति ?
१,जिल्ला रामेछाप मन्थली न.पा.-४ सालु बस्ने बर्ष ४० को हरि बहादुर थापाको सेती देवी  हार्डवयर पसलमा ताल्चा फुटाइ पसल भित्र रहेको माईलो तिलहरी –१२ आना, साईलो तिलहरी ८ आना, सालो तिलहरी ६ आना, झुम्का २ वटा १३ आना औठी १४ आना, रिङ १० आना, मङगल सुत्र १० आना  मोबाइल थान १ र नगद रु २,३०,०००।


२ सोही ठाउँका बस्ने बर्ष ७० को कृष्ण बहादुर पाण्डेको घरको ताल्चा फुटाई सुनको ढुङ्ग्री ४ आना, तिलहरी ४आना, मारबारडी ४ आना नगद रु १,८०,०००। (एक लाख असी हजार)


३ ऐ बस्ने बर्ष ४६ को कृष्ण हरी खत्रीको घरको ताल्चा फुटाई इन्डियन मंगल सुत्र १ तोला, सुनको चुरा २ तोला, छापावाला औठी १ तोला, सानो मंगलसुत्र ८ आना, सानो तिलहरी ४ आना जम्मा ४ तोला १२ आना र नगद रु।२५,०००।– (पच्चिस हजार)

४ ऐ।वडा नं ४ चौकीठाँटी बस्ने बर्ष ५१ को हरीकृष्ण काफ्लेको किनारा पसलबाट २०,०००। देखि २५,०००।– हजार (बिस देखि पच्चिस हजार)


५ ऐ.वडा नं. ४ चौकीठाँटी बस्ने बर्ष ५४ को चित्रबहादुर पाण्डेको शरश्वती भोजनालयको नगद अं ५,०००।– (अं पाँच हजार‌) रेडबुल १० वटा, क्यान वियर ७ वटा, चाबि ४ वटा ।