रामेछापबाट थप ५ जना एमाले प्रदेश कमिटीमा मनोनित्

| फागुन २७, २०७८ शुक्रबार

A A A
A A A

२७ फागुन, रामेछाप । रामेछापबाट थप पाँच जना एमाले नेताहरु बागमती प्रदेश कमिटीमा मनोनित् भएका छन् । 

 

 

बिहिबार प्रदेशको तेस्रो पूर्ण बैठकले उनीहरुलाई प्रदेश कमिटीमा मनोनित् गरेको हो । 

 

मनोनित् हुनेमा खड्ग सुनुवार, शेरबहादुर सुनुवार, भुवनबिक्रम घिमिरे, ध्रुबकुमार कार्की र गोपला श्रेष्ठ हुन् । जसमा सुनुवारद्वय गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका अध्यक्ष हुन् ।

 

प्रदेश कमिटी गठनको समयमा जिल्लाबाट २९ जना प्रदेश कमिटीमा परेका थिए । भने तेस्रो बैठकले थप ५ जना मनोनित् गरेको हो । 

 

योसंगै जिल्लाबाट एमाले प्रदेश कमिटी पर्नेको संख्या ३४ जना पुगेको छ ।