मन्थली अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री माग गर्दै एकिकृत समाजवादी रामेछापका नेता स्वास्थ्य मन्त्री खतिवडा कार्यकक्षमा

| फागुन २७, २०७८ शुक्रबार

तस्विर स्रोतः गणेशबाबु खड्का ।
A A A
A A A

२७ फागुन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी एस) रामेछापका नेताहरु ‘मन्थली अस्पताल’ लाई आवश्यक स्वास्थ्य सामाग्री दिनु पर्ने माग गर्दै स्वास्थ्य मान्त्रीलाई भेट्न मन्त्रालय पुगेका छन् । 

 

शुक्रबार एस जिल्ला कमिटीका नेता खड्का र राजकुमार खत्री स्वास्थ्य मन्त्री बिरोध खतिवडालाई भेट्न पुगेको खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । केही समय अगाडि मन्थली अस्पतालको रुपमा स्तरउन्नती भएको अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री पाउनु पर्ने भनि अनेरास्ववियूका केन्द्रीय सचिव नेकपा (एस) का जिल्ला उपसचिव दिपक बुढाथोकीले मन्त्री खतिवडासामु अस्पताल व्यबस्थित गर्न आवश्यक सामग्री उपलब्ध गराउन माग गरेका थिए र सोही मागलाई अस्पताल  प्रशासन र एस रामेछापको माग पत्र बुझाएको बताएका छन् ।  ‘उहाँलाई हाम्रो माग राख्यौं प्रक्रियामा राख्निदिनुभयो ।’ 

 

उनका अनुसार मन्त्री खतिवडा अस्पताललाई आवश्यक सामाग्री पठाउने वियषम सकारात्मक देखिएका छन्। पछिल्लो समय मन्थली अस्पतालले २४सै घण्टा सेवा प्रदान गर्दै आएको छ  ।

 


एकिकृत समाजवादी रामेछापका अध्यक्ष समेत रहेका मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको पहलमा नगरले डाक्टर व्यवस्था गरेपछि सेवा संचालनमा आएको अस्पतालमा विभिन्न उपकरणहरु आवश्य रहेको बताइएको छ । 

हेर्नुहोस् यी सामानहरु माग गरिएको छ ।