कांग्रेस सभापतिले भने-‘कुनै कम्युनिष्ट पार्टीहरुलाई मुख नछोड्नुस्,पार्टीको सिद्धान्तमा हिड्नु पर्छ, नत्र कारबाही हुन्छ’ (भिडिओसहित)

| फागुन २८, २०७८ शनिबार

A A A
A A A

२८ फागुन, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ ले अन्य पार्टीलाई मुख नछोड्न आग्रह गरेका छन् । ‘मलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बोलाएर अरु पार्टीलाई गाली नगर्न निर्देशन गर्नु भएको छ हामीले त्यो कार्यन्वयन गर्नु पर्छ भने ।’

 

शनिबार आज मन्थली नगरपालिका वडा १२ गेलु काठमाडौं सम्पर्क समिति गठन कार्यक्रमलाई सम्बोधन् गर्दै काठमाडौंमा सभापति तामाङ्ले यस्तो बताएका हुन् । उनले सामाजिक संजालमा अरु पार्टीलाई आरोप प्रत्यारोप गर्ने प्रवृति राम्रो नभएको भन्दै कसैलाई पनि त्यस्तो नगर्न आग्रह गरे ।

 

कुनै पनि कम्युनिष्ट् पार्टीलाई गाली नगर्नु, मुख नछाड्नु कांग्रेसले पार्टीको सिद्धान्तमा रहनु पर्छ भने । फेस्बुकमा जेपायो त्यी लेख्ननेलाई कारबाही हुने उनको चेतावनी छ। रामेछापमा कांग्रेसलाई उनले आउँदो निर्वाचनमा केन्द्रित भएर लाग्न आग्रह गरे । उनले पार्टीलाई कसरी अगाडि बढाउने भन्ने बारेमा केन्द्रित हुनु पर्छ भने । 

सभापति तामाङ्कले पार्टी संचालन् गर्न पूर्वसभापति, पदाधिकारहरु सहि तरिकाले लाग्नु पर्नेमा जोड् दिए ।  त्यस्तै सभापति तामाङ्ले आफू बोलेको कुरा पूरा गर्ने सभापति भएको दाबी गरे । ‘म चुनाव हार्दा पनि मैले चुनावमा गरेका बाचाहरु पूरा गरे । म बोलेको कुरा पूरा गर्छु भने ।’ 

 

सभापति  तामाङ्ले पार्टी प्रवेश गर्नेहरुलाई उचित ठाउँमा दिन पार्टीमा छलफल भएको भन्दै प्रवेश गर्नेहरु पनि पार्टीमा दत्तचित् भएर लाग्नु पर्नेमा स्मरण गराए । 

 

उनले ‘रामेछापमा कांग्रेस बनाउन म रातभरी सुतेको छैन् । म भोली स्वास्थ्य शिविरमा सहयोग गर्दै छु। यसमा मेरो कुनै स्वार्थ छैन। सबै कांग्रेस बनाउन हो कांग्रेसको लागि हो भने ।’