गेलुका ५० जना बढी एमाले, माओवादी र राप्रपा त्याग्दै कांग्रेस प्रवेश

| फागुन २८, २०७८ शनिबार

फोटो बोहोरा अंकल ।
A A A
A A A

२८ फागुन, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलुका चार दर्जन बढी एमाले, माओवादी, राप्रपालगाएतका पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गरेका छन् । 

 

गेलु-काठमाडौं सम्पर्क समिति गठन कार्यक्रमको अवसरमा शनिबार आज उनीहरु कांग्रेस प्रवेश गरेको पत्रकार ज्ञानु श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिइन् । 

 

उनले 'कार्यक्रमको अवसरमा ५० भन्दाबढी कांग्रेस प्रवेश गरेका हुन् भनिन् ।

 

नवप्रवेशीहरुलाई  पूर्वपार्टी सभापति रामचन्द्र खड्का,सभापति कान्छाराम तामाङ् लगाएतका नेताहरुले स्वागत गरेका छन् । शनिबार समिति समेत गठन् भएको छ।