चुचुरेमा एमाले र एकिकृत समाजवादी त्याग्दै एक दर्जन कांग्रेस प्रवेशः टोल कमिटी गठन तिब्र

| फागुन २८, २०७८ शनिबार

A A A
A A A

२८ फागुन,रामेछाप । नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिका वडा नं १ मा एमाले र एकिकृत समाजवादी पार्टी परित्याग गर्दै ११ जना कांग्रेस प्रवेश गरेका छन् । 

 

 

१० जना एमालेबाट र एक जना एकिकृत समाजवादी पार्टीबाट कांग्रेस प्रवेश गरेको पालिका सभापति मणीकुमार लामाले रामेछाप टाइम्सलाई जानकारी दिए।

 

उनका अनुसार साविकको चुचुरे गावीस वडा नं ३ चाकेमा टोल कमिटी गठनको अवसरमा उनीहरु कांग्रेस भित्रिएका हुन् । 

 

साथै खगेन्द्रबहादुर कार्कीको सभापतित्वमा टोल कमिटीसमेत गठन् भएको छ । कार्कीको सभापतित्वमा २१ सदस्यीय टोल कमिटी गठन् गरेको उनले बताए । 

 

पछिल्लो समय गोकुलगंगामा कांग्रेसले टोल कमिटी गठनलाई तिब्र पारेको उनको भनाई छ ।

No description available.