खनियापानीमा पक्कि वडा कार्यालय भवन उत्घाटन् (फोटोफिचर)

| फागुन २८, २०७८ शनिबार

A A A
A A A

२८ फागुन,रामेछाप । रामेछापको सुनापति गाउँपालिका वडा नं ५ खनियापानीको वडा कार्यालय भवन् उत्घाटन् भएको छ। शनिबार पूर्व गृहराज्य मन्त्री एवं सासद् श्यामकुमार श्रेष्ठले नवनिर्मित् पक्कि भवन् उद्घाटन् गरेका हुन् । 

 

खनियापानी वडा कार्यालयको ४ कोठे पक्की भवन उदघाटन सम्पन्न भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत कोमलराज श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठ ‘कुशल’ सहित पालिका अध्यक्ष धावा लामा लगाएतको उपस्थिति रहेको थियो ।

 

भव्य सास्कृतिक कार्यक्रम सहित भवन् उत्घाटन् गरिएसंगै अब नयाँ भवनबाटै सेवा सुचारु हुने भएको छ ।  यसले वडाको कार्यप्रभाहमा थप टेवा पुग्ने उनले बताए । 

 

उनका अनुसार पालिकाको अब चाडै सबै वडा कार्यालयहरु उत्घाटनको क्रममा रहेका छन् । केही दिनपछि वडा नं २,१ र ३ को वडा कार्यालहरु उत्घाटनको क्रममा तयारीमा छन् । 

 

वडा नं ५ भने यसअगाडिनै संचालनमा आएको छ। 

 


गाउँपालिकाको बजेटबाट निर्मित उक्त वडा कार्यालय भवन तथा भवनको घेराबार करिब एक करोड ५८ लाखको लागतमा निर्माण सम्पन्न भएको उनले बताए । 

तस्विरः विष्णु श्रेष्ठ । राकाथुकका वडा अध्यक्ष।