कुन्दराज काफ्लेले रामेछाप आएर भने ‘चुनाव चिन्ह हरेक चुनावमा फेरीनुपर्छ,एमालेको बिरोध ब्यर्थ,एमसीसीको भ्रम हामी घर-घर पुगेर चिर्छौं’

| फागुन २९, २०७८ आइतबार

A A A
A A A

२९ फागुन, रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले चुनाव चिन्ह् हरेक निर्वाचनमा फेरीनु पर्ने बताएका छन् । उनले एमालेले मतपत्रको रङ बारेमा किचोलो गर्नु एमालेले जनतालाई कम्जोर ठानेको पुष्टि हुने बताए । 


रेडियो झंकारसंग पत्रकार हिमाल ढुङ्गेलसंग कुराकानी गर्दै केन्द्रीय सदस्य काफ्लेले यस्तो बताएका हुन् । उनले रङ्को बारेमा ‘डिस्कस्’ गर्नु कुनै अर्थ छैन् । म, भन्छु चुनाव चिन्ह हरेक निर्वाचनमा फेरीनु पर्छ । कांग्रेस अहिले रुख छ भने अर्को पटक अर्कै चिन्ह हुनु पर्ने व्यवस्था हुनु पर्ने बेला एमाले चै रङ्को बारेमा किचोलो निकाल्नु उसले जनता सक्षम छैनन् भन्ने विश्वस्थ रहेको पुष्टि हुन्छ’ भने । 


उनले थपे ‘भोट पार्टीलाई हाल्ने हो । सिदान्तलाई हाल्ने हो भन्दै चिन्ह र रंग देखि डरानु पर्ने कुनै अर्थ छैन् ।’

कांग्रेसको एक महिने चुनावी अभियान सफल पार्न शनिबार जिल्ला आएका काफ्लेले जनताको घर–घर पुगेर कांग्रेसले अहिलेको जनताको दुखेसो, गुनासो, आवश्यकता सबै बुझाउने उनले स्पष्ट पारे । 

काफ्लेले एमसीसी बारे कम्युनिष्टहरुले फिँजाएको भ्रमलाई अब घर घर पुगेर चिर्नु कांग्रेसको दायित्व भएको बताए । 

त्यस्तै काफ्लेले अहिलेलको सरकारले दुई तिहाईको बहुमत रहेको नेकपाले च्यात्न खोजेको संविधानलाई बचाउनको लागि प्रतिबद्ध रहेको जिकिर गरे । ‘हामी सत्प्रतिशत सविधान् कार्यन्वय गरेर जाने कुरामा प्रतिबद्ध छौं भने ।’ 

उनले जनताले कांग्रेसलाई ५ वर्ष प्रतिपक्षमा बस्न दिएको भएपनि संविधान् र देश बचाउनको लागि यो सरकार बनेको बताए । ‘कम्युनिष्टहरुनै कांग्रेसलाई देश बचानु पर्यो, संविधान बाउनु पर्यो तपाईले प्रधानमन्त्री खाइदिनु पर्यो भनेपछि देउवा प्रधानमन्त्री बनेका हुन् भने ।’ 

रामेछाप जिल्लामा देखिएको आन्तरिक विवाद ४८ घण्टाभित्र समाधान हुने आश्वस्त परे ।