‘नेपाल आइडल सिजन ४’ बिजेता बनाई दिन रामेछापका रञ्जित नेपालीको अपिल् (भिडिओ)

| फागुन २९, २०७८ आइतबार

A A A
A A A

२९ फागुन, रामेछाप । ‘नेपाल आइडल सिजन ४’ को टप ५ मा पुगेका रामेछापका रञ्जित नेपालीले आफूलाई धेरै भोट गरेर जिताई दिन अपिल गरेका छन् । उनले भने ‘मलाई जतिसक्दो धेरै भन्दा धेरै भोट गरिदिनुहुन आमरामेछापेली दाजुभाई दिदीबहिनीहरुमा अपिल गर्दछु ।’ 

 

आइतबार बिहान सदरमुकाम मन्थलीमा जिल्लाका पत्रकारहरुसंग भेटघाट गर्दै आफूलाई नेपाल आइडलको बिजेता बनाईदिनको लागी स्वदेश तथा बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई आफ्नो अपिल पुर्याइदिन पत्रकारहरुसंग नेपालीले आग्रह गरे । ‘मिडियाहरुको साथ रहोस् म सबैलाई मलाई भोट गरिदिन आग्रह गर्दछु ।’


 
गत २०६२ सालदेखि निरन्तर सांगितिक क्षेत्रमा आबद्ध नेपालीले एउटा ‘कबर’ गीत पनि गाएको बताएका छन् । उनी स–परिवार सहित काठमाडौंमा बस्दै गर्दै आएका छन् । 

रामेछापको मन्थली नगरपालिका वडा नं ८ चिसापानी घरभएका नेपाली पेशाले संगीत प्रशिक्षकको रुपमा पनि काम गर्दै आएको उनले सुनाए ।


उनी टप ५ मा पुगेपछि जिल्ला भिजिट्मा आएका हुन् । सोही अवसरमा आउदो चेत्र ५ गते हुने ‘ग्रयान् फिनाले’मा आफूलाई एस् एम एस र सेलएप डाउन्लोड् गरि भोट् गर्न अपिल गरेका हन् । एक जनाले जतिपनि भोट गर्ने सकिने उनले जानकारी गराए । 

 

हरेक बिहिबार र शुक्रबार एपी वान् टेलिभिजनमा नेपाल आइडल प्रसारण हुदै आएको छ ।