वृहत मोटरसाइकल र्याली निकाल्दै कांग्रेसको चुनावी अभियान सुरुः चुनावमा जित हाँसिल् गर्न शक्ति प्रर्दशन्

| फागुन २९, २०७८ आइतबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२९ फागुन,रामेछाप । नेपाली कांग्रेस रामेछापले एक महिना चुनावी अभिना आइतबार आजदेखि औपचारीक रुपमा सुरु गरेको छ। ‘‘घर–घर जाउ कांग्रेसलाई, जिताउ’’भन्ने मूल नाराका साथ पार्टी कार्यालय वीपी स्मृत भवन मन्थलीमा केन्द्रीय प्रतिनिधि कुन्दनराज काफ्लेले अभियानको प्रारम्भ गरेका हुन् । 

 

एक महिना सम्म जिल्लाका आठवटै स्थानीय जनताको घर घर पुगेर आउदो निर्वाचनमा कांग्रेसलाई जिताउनको लागि अभियान थालेको कांग्रेसले चैत्र ९ गतेदेखि घर घर पुग्ने पार्टी प्रवक्ता नारायण बोगटीले जानकारी दिए ।

 

कांग्रेसले यसअगाडिनै जिल्लाका ८ वटै स्थानीय तहको लागि प्रतिनिधि तोकिसकेको छ । सोही प्रतिनिधिहरुको नेतृत्वमा घर घर पुग्ने अभियान तय गरेको पार्टी सचिव दीपक खड्काले बताए । जिल्ला पदाधिकारी, क्षेत्रिय,वडा कार्यसमिति, भातृसंगठनका प्रतिनिधिहरुको सहितको प्रशिक्षण समेतको अभियानमा आज कांग्रेसले आउदो चुनावमा कुनै पनि हालत्मा जित्नुको विकल्प नरहेको निश्कर्ष निकालेका छन्। 

 

जसको लागि कांग्रेसले अब वडा पालिका, नगरमा तोकिएका प्रतिनिधिहरुको सहजिकरणमा अभियान संचालन् गर्ने उपसभापति लेखबहादुर कार्कीले जानकारी गराए । उनका अनुसार केन्द्रिय प्रतिनिधिले भ्याएसम्म काफ्ले पनि पालिका स्तरको कार्यक्रममा उपस्थिति हुने छन् । 

 

अभियान औपचारीक रुपमा सुरु गर्दै कांग्रेसले वृहत मोटरसाइकल र्यालीसहित आफ्नो शक्ति प्रर्दशन् गरेको थियो ।